फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका सामाजिक सञ्जालबाट नेपाली पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2019-03-22 16:43:39

चीनमा फेसबुक, ट्विटर, युट्युब र गुगलमाथि प्रतिबन्ध लगाइएको छ। यिनको समकक्षमा चीनले आफ्नै मौलिक सामाजिक सञ्जाल प्रयोगमा ल्याएको छ। फेसबुकको सट्टा विच्याट, ट्विटरको सट्टा विइपो, युट्युबको सट्टा यौखु र गुगल सर्च इन्जिनको सट्टा पाइतु प्रयोगमा ल्याइएको छ। यी सामाजिक सञ्जालमध्ये चीनमा सबैभन्दा धेरै लोकप्रिय विच्याट हो। स्मार्टफोन बोक्ने सबै चिनियाँले विच्याट चलाउँछन्। नागरिकन्यूज डटकमका अनुसार चीनमा बस्ने विदेशीले पनि विच्याट चलाउँछन्। केही दिन चीनमा घुम्न आउने पर्यटकले पनि विच्याट नै चलाउनुपर्ने बाध्यता छ।

विच्याट व्यक्तिबीच हुने सञ्चार माध्यममा मात्र सीमित नभएर रेष्टुरेन्टको बिल तिर्न, ट्याक्सीको भाडा तिर्न, किनमेल गर्न, हवाईजहाजको टिकट किन्न, रेलको टिकट किन्नदेखि होटल बुकिङ गर्न पनि प्रयोग हुँदै आएको छ। त्यतिमात्र हैन पठनपाठन हुने दूर शिक्षादेखि व्यवसाय प्रवर्द्धन गर्न विज्ञापनको राम्रो मञ्चका रुपमा पनि विच्याट स्थापित हुन थालेको छ। चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल हरेक दिन विच्याटमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने गर्नुहुन्छ। उहाँको विच्याट प्रोफाइलमा चिनियाँ भाषामा अनुवाद गरिएका नेपालका पर्यटकीय स्थल, सांस्कृतिक पर्व, पहिचानलगायत सामग्री भेटिन्छन्।

बेइजिङमा ६ वर्षदेखि पसल खोलेर नेपाली मूर्ति, थांका र गहना बेच्दै आएका सुवर्ण डंगोल नेपालबाट नयाँ सामग्री आउनासाथ विच्याटमा फोटो खिचेर राख्नुहुन्छ। उहाँको अनुभव छ, 'विच्याटमा नेपाली सामग्रीको फोटो राखेपछि ग्राहकले कस्तो सामान हो र कति दाम पर्छ भनेर सोध्छन्। मेरा लागि सामानको जानकारी दिने एकमात्र माध्यम विच्याट बनेको छ।'

जानकारी तथा लेखहरु