फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतबाट रेल किन्नका लागि सरकारद्वारा रेल विभागलाई रकम प्रदान

(GMT+08:00) 2019-03-22 16:44:00

नेपाल सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई रकम दिएको हो ।

भारतीय कम्पनी 'कोन्कन रेलवे कर्पोरेउसन लिमटेड' बाट दुई सेट डेमु (डिजल इलेक्ट्रिफाई मोडेल) ट्रेन खरिद गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो। रेल किन्नका लागि सरकारले यसअघि विभागलाई ५० करोड रुपैयाँ दिइसकेको थियो । उक्त रकम अपुग भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप रकम माग गरेर मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो।

अनलाइनखबरका अनुसार रेल विभागका प्रवक्ता अमन चित्रकारकाअनुसार अहिले खरिद गर्न लागिएको रेलको एक सेटमा पाँच वटा कार (डिब्बा) हुनेछ। अत्याधुनिक प्रविधिको डेमु रेल तीन सय किलोमिटरसम्मको यात्राको लागि अत्यन्तै उपयोगी मानिन्छ।

एक सेटले एक हजार दुई सयदेखि एक हजार तीन सय जना यात्रु धान्ने क्षमता राख्ने प्रवक्ता चित्रकारले बताए । खरिद गर्न लागिएको दुई सेट डेमु ट्रेन जनकपुर–जयनगर क्षेत्रमा सञ्चालन हुनेछ।

जानकारी तथा लेखहरु