फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल भ्रमणमा आउने

(GMT+08:00) 2019-03-22 16:44:43

लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल भ्रमणमा जानुहुने भएको छ। यही मार्च २८ अर्थात् चैत १४ गते दुई दिने नेपाल भ्रमणका लागि उहाँ काठमाडौ उत्रिने कार्यक्रम छ।

चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन हुँदैछ।

नेपाल बसाइको क्रममा गोखलेले नेपाली अधिकारीहरुसँग भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयका एक अधिकारीले गोखले नेपाल भ्रमणमा आउन लागेको पुष्टि गर्दै भने, 'भारतीय विदेश सचिवको भ्रमणको क्रममा भारतीय सहयोगमा नेपालमा सन्चालित कार्यक्रम, द्विपक्षीय हितका साथै नेपाल-भारतको उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिको प्रगतिबारे छलफल हुन्छ ।'

भारत र पाकिस्तानबीच हवाई आक्रमणबाट तनावको स्थिति सिर्जना भएपछि भारतीय अधिकारीबाट नेपालको भ्रमण हुन लागेको पहिलो पटक हो । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्टमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको अनलाइनखबरले जनाएको छ।

जानकारी तथा लेखहरु