फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने चालकले अस्थायी अनुमति पाउने

(GMT+08:00) 2019-03-23 14:44:19

चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकले एक वर्षे अस्थायी अनुमति पत्र पाउने भएका छन्। अध्यामगन कार्यालय रसुवाबाट एक वर्षे अस्थायी प्रवेश अनुमति पाएका चालक तथा सहचालकलाई प्रवेश अनुमति दिन कुनै कठिनाइ नभएको चिनियाँ पक्षले जनाएको छ। नागरिकन्यूज डटकमा अनुसार चिनियाँ पक्षले तीन महिनाअघि नै प्रवेश अनुमति दिएको भए पनि नेपालबाट यसको प्रक्रिया टुंगिएको थिएन।

अध्यागमन कार्यालयले पास जारी गरेमा उनीहरू केरुङ जान पाउने चीनको केरुङ फ्रन्टायर इन्सपेक्सन स्टेसन, पिपुल रिपब्लिक चाइनाले जनाएको छ। चीनसँग सीमा जोडिएका जिल्ला बाहेकका जिल्लाका राहदानी बाहक चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि एक वर्षे अस्थायी प्रवेश अनुमति पाउने अध्यागमन अधिकृत विष्णु घर्तीले बताउनुभयो।

चीनसँग सिमाना जोडिएका जिल्ला बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफासिमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिनेछ। नेपालीहरूको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ। रसुवाका नागरिकले भने एक वर्षका लागि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने गरेका छन्। चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले जिल्ला प्रशासन, इलाका प्रशासन, सीमा प्रशासन वा अध्यागमन कार्यालयबाट एक वर्षे पास पाउँछन्।नेपाल चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा रसुवाका १० हजार ३७ ले पाएका छन्। यो २०७२ असोज २८ गतेदेखि यही फागुन १६ गतेसम्मको तथ्यांक हो।

जानकारी तथा लेखहरु