फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इटली पनि बेल्ट एण्ड रोड इनिसियटिभमा

(GMT+08:00) 2019-03-24 13:42:31
इटली समय अनुसार, मार्च तेइस तारिख बिहान रोमको ग्रामीण क्षेत्रमा पर्ने भिला मादामामा चीन र इटलीका सरकारले बेल्ट एण्ड रोडको निर्माणलाई संयुक्त रुपमा बढाउने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र इटलीका प्रधानमन्त्री गियुसेप्पे कोन्ते उक्त हस्ताक्षर समारोहमा उपस्थित हुनुहुन्थ्यो। यसरी नै इटली पश्चिमी सात मुलुक ग्रुपमध्ये चीनसँग सम्बद्ध सहयोगी सम्बन्धी पत्रमा हस्ताक्षर भएको पहिलो मुलुक बनेको छ र बेल्ट एण्ड रोडका सदस्य पनि बढेको छ।

चीन र इटलीले सार्वजनिक गरेको संयुक्त विज्ञप्ति अनुसार, अन्तर्क्रिया बढाउन बेल्ट एण्ड रोडको ठूलो सं‍भावना रहेकोमा दुई पक्ष सहमत छन्। साथै दुई पक्षले बेल्ट एण्ड रोड र पान-युरोपियन यातायात नेटवर्कबीचको जडानलाई बढाएर बन्दरगाह, रसद, समुद्र ढुवानी क्षेत्रको सहयोगलाई गहन पार्ने इच्छा लिएका छन्।

सन् 2013 सी चिन फिङले पहिलो पटक बेल्ट एण्ड रोड इनिसियटिभको प्रस्ताव प्रस्तुत गर्नुभएयता चीनसँग बेल्ट एण्ड रोड सम्बद्ध सहयोगमा हस्ताक्षर गरेको मुलुक र अन्तर्राष्ट्रिय संख्या एक सय पचासभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु