फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन टेलिभिजन सप्ताह इटलीमा

(GMT+08:00) 2019-03-24 14:32:00

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले इटलीको भ्रमण गर्नुभएको अवसरमा चाइना मिडिया ग्रुपले इटलीका तीन वटा प्रमुख मिडियासँग मिलेर आयोजना गरेको चीन टेलिभिजन सप्ताह एकाइस तारिख सुरु भएको छ। बीस वटा भन्दा बढी चिनियाँ टिभी फिचर चलचित्र, वृत्तचित्र, टिभी सिरियल इटली राष्ट्रिय रेडियो टेलिभिजन कम्पनि, इटलीका सबभन्दा ठूलो वाणिज्य मिडिया ग्रुप अर्थात् मिडियासेट, इटलीका प्रमुख मिडिया क्लास इडिटोरि मातहत टिभी च्यानल र नयाँ मिडिया प्लेटफर्ममा प्रसारण भएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रचार-प्रसार विभागका उप-प्रमुख एवम चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्युङ र इटलीका विभिन्न सहयोगी मिडियाका जिम्मेवारी उक्त उद्घाटन समारोहमा उपस्थित हुनुहुन्थ्यो।

चीन टेलिभिजन सप्ताह कार्यक्रममा चाइना मिडिया ग्रुपले इटली राष्ट्रिय रेडियो टेलिभिजन कम्पनि, मिडियासेटसँग बेग्ला बेग्लै गरी समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

जानकारी तथा लेखहरु