फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा इटलीका प्रधानमन्त्रीसँग भेट-वार्ता

(GMT+08:00) 2019-03-24 14:49:10

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तेइस तारिख रोममा इटलीका प्रधानमन्त्री गियुसेप्पे कोन्तेसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा सीले चीन र इटलीबीच महत्वपूर्ण रणनैतिक साझेदारी सम्बन्ध रहेको भन्दै चीनले इटलीसँग दौत्य सम्बन्धलाई विस्तृत र गहन पार्ने इच्छा लिएको व्यक्त गर्नुभयो। चीन र इटलीले सरकारबीच बेल्ट एण्ड रोड सहयोगी समझदारी पत्रमा हस्ताक्षर भएको सुअवसर लिएर बेल्ट एण्ड रोड इनिसियटिभ र इटलीको उत्तरी बन्दरगाह निर्माण कार्यक्रम, इटलीमा लगानी योजनाबीचको जडानलाई बढाएर विभिन्न क्षेत्रको आपसी हितयुक्त सहयोगलाई अघि सार्नुपर्ने सीले दोहोर्‍याउनुभयो। सीले चीन र युरोप लीग विश्व शान्तिको निर्माता, विश्व विकासको योगदानकर्ता, अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षक हो भन्दै दुई पक्षले चीन-युरोप लीग लगानी सम्झौता वार्तालाई अघि सारेर बेल्ट एण्ड रोड इनिसियटिभ र युरोप लीगको विकास रणनीतिबीचको जडानलाई बढाउनुपर्ने कुरामा जोड दिनुभयो।

प्रत्युत्तरमा कोन्तेले राष्ट्राध्यक्ष सीको यस भ्रमणको महत्वपूर्ण ऐतिहासिक अर्थ रहेको र जसले इटली-चीन सम्बन्धलाई अझ उकास्ने व्यक्त गर्नुभयो। उहाँले अन्तर्क्रिया निर्माणमा इटलीको विशेष भौगोलिक श्रेष्ठता रहेको भन्दै यस ऐतिहासिक मौकाबाट बेल्ट एण्ड रोडको निर्माणमा संलग्न भएकोप्रति खुशी लागेको र त्यसबाट इटली-चीन सहयोग संभावनालाई सम्पूर्ण रुपमा विकास गर्न सकिने विश्वास रहेको उल्लेख गर्नुभयो।

वार्तापछि दुई नेता चीन-इटली बेल्ट एण्ड रोड समझदारी पत्र, चीनका हराएका साँस्कृतिक अवधारणा फिर्ता आदि दौत्य सहयोगपत्रको हस्ताक्षर र हस्तान्तरण कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।

जानकारी तथा लेखहरु