फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङ इटलीबाट विदा

(GMT+08:00) 2019-03-24 14:55:51

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले तेइस तारिख रोममा इटलीका राष्ट्रपति सेर्गियो माटारेलाले आयोजना गर्नुभएको भव्य बिदाइ समारोहमा उपस्थित हुनुभयो।

सो अवसरमा सीले राष्ट्रपति माटारेला र इटली सरकारको हार्दिक स्वागतप्रति धन्यवाद ज्ञापन गर्नुभयो। चीन र इटलीले उच्च तहबीचको आवत-जावतलाई घनिष्ठ पारेर दुई देशबीच चौतर्फी रणनैतिक साझेदारी सम्बन्धलाई उकास्नुपर्ने दोहोर्‍याउनुभयो।

माटारेलाले राष्ट्राध्यक्षको इटलीको ऐतिहासिक भ्रमण सफल भएकोप्रति हार्दिक बधाइ ज्ञापन गर्दै राष्ट्राध्यक्ष सीसँग सम्पर्कलाई बढाएर इटली-चीन सम्बन्धको नयाँ विकासलाई अघि बढाउने इच्छा आफूले लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु