फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टाढा भए पनि नजीकको साथी हुनसक्छ

(GMT+08:00) 2019-03-24 16:09:55

मोनाकोका राष्ट्रानायक एल्बर्ट एलेक्साण्डर लुइस पिएरे ग्रिमाल्डीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चौब्बीस तारिख मोनाकोको भ्रमण गर्न थाल्नुभएको छ। सन् 1995 मा चीन र मोनाकोबीच दौत्य सम्बन्ध स्थापना भएयता चीनका राष्ट्राध्यक्षले मोनाकोको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। जसबाट बाहिरलाई एउटा स्पष्ट संकेत देखाएको छ अर्थात् देश ठूलो वा सानो होस् अनि जतिसुकै टाढा पनि किन नहोस् समान, मैत्रीपूर्ण र आपसी हितयुक्त सहयोग साझेदारी गर्न सकिन्छ।

सन् 2018 मा राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा एल्बर्ट दोस्रोसँग वार्ता गर्दा चीन र मोनाकोबीच टाढा भएसँगै राष्ट्रिय स्थिति निकै फरक भएपनि दुई देशले आपसी सम्मान र सहयोगी हुँदा साझा फाइदा पाइरहन्छन् र दौत्य सम्बन्धको विकास राम्रो भइरहनसक्छ भन्नुभएको थियो। चीन-मोनाको दौत्य सम्बन्ध स्थापना भएको बीस वर्षबारे समीक्षा गर्दा यो नै विकसित मुलुक र विकासोन्मुख मुलुकले भविष्यको सामना गर्दा नवीन सिर्जनामा गरेको सहयोगको नमूना रहेको देखिन्छ।

विश्वको सबभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा रहेको चीनले नवीन सिर्जना, समन्वय, हरित, खुला, शेयरको नयाँ विकासको विचार लिएको छ। चीनको लागि मोनाको सानो छ तर विकासको अवधिमा प्रकृति र इतिहासमा समान गरी भएको शहरी विकासको विचार चीनको लागि सिक्न लायक छ। त्यसबाट भविष्यमा हरित अर्थतन्त्र, वातावरण संरक्षण, वित्तीय सेवा, दीगो विकास, पर्यटन तथा मानवीय आदान-प्रदान आदि क्षेत्रमा दुई पक्षबीचको सहयोगलाई थप संभावना प्रदान गरिएको छ।

जानकारी तथा लेखहरु