फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लोप हुने अवस्थामा कृष्णसार

(GMT+08:00) 2019-03-25 14:39:23

बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा रहेको छ। २०४३ सालसम्म कृष्णसारको सङ्ख्या ६०० थियो। अहिले कृष्णसारको सङ्ख्या १८४ मात्र रहेको छ। नेपालमा शिकार गर्न प्रतिबन्धित २६ वन्यजन्तुमध्येमा कृष्णसार पनि एक रहेको नेपाल खबर अनलाइनले लेखेको छ।

जनसङ्ख्या बढ्दै जानु ,जनघनत्वको चाप बढ्नु र अवैध शिकारका कारण कृष्णसार संरक्षणमा चुनौती आएको ५ नम्बर प्रदेशका सांसद तिलक शर्मा हिमालले बताउनुभयो।

गुलरिया नगरपालिका–२ पटाहाखैरापुरमा २०३२ सालमा पाँच वटा कृष्णसार फेला परेको थियो। त्यसमा दुई भाले तीन पोथी थिए। तिनलाई तत्कालीन शाही कर्णाली शिकार आरक्षले संरक्षण गरेको थियो। अहिले ७०८ बिघा क्षेत्रफलमा कृष्णसार रहने व्यवस्था गरिएको छ।

यस कार्यका लागि करीव एक करोड ८० लाख खर्च गरिएको छ। विश्व वातावरणीय सहुलीयत जिइएफ भन्ने दातृ संस्थाको सहयोगमा वातावरण बचाउन आन्दोलन सञ्चालन योजनाअन्तर्गत कृष्णसारको आहारका रुपमा मुसुरो तथा दलहन जातिका बाली लगाउने कार्य गरिएको छ।

जानकारी तथा लेखहरु