फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङ फ्रान्सको निसमा

(GMT+08:00) 2019-03-25 16:15:39

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ हिजो मार्च 24 तारिख फ्रान्सको निस पुग्नुभयो। त्यहाँबाट उहाँ गाडीद्वारा मोनाकोतर्फ प्रस्थाना गरी मोनाकोको राजकीय भ्रमण थाल्नुभएको छ।

स्थानीय समय मध्यान्ह बाह्र बजे सी चिन फिङ विशेष विमानद्वारा निस विमानस्थल पुग्नुभएको थियो। मोनाकोका राष्ट्रनायक एवं राज्य मन्त्री सेर्गे टेले र मोनाकोका बाह्य सम्बन्ध तथा सहयोग मन्त्री गिल्स टोनेलीले सी चिन फिङ र श्रीमती फङ ली युआनको स्वागत गर्नुभयो। फ्रान्सका विदेश मन्त्री जेन यभेस ले ड्रिनले उहाँहरुको स्वागत गर्न विमानस्थल जानुभएको थियो।

सी चिन फिङ इटालीको राजकीय भ्रमणभएपछि मोनाकोतर्फ प्रस्थान गर्नुभएको हो। सीले मोनाकोको भ्रमण गर्नुभएपछि निसमा फ्रान्सको राजकीय भ्रमण गर्नुहुने छ।

जानकारी तथा लेखहरु