फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र मोनाकोका राजकुमार अल्बर्ट द्वित्तीयबीच भेटवार्ता

(GMT+08:00) 2019-03-25 16:16:50
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो मार्च 24 तारिख मोनाकोका राजकुमार अल्बर्ट द्वितीयसँग भेटवार्ता गर्नुभएको छ।

सीले राजकुमारको निमन्त्रणामा मोनाकोको राजकीय भ्रमण गर्नुभएकोमा उहाँलाई खुशी लागेको बताउँदै चीनका राष्ट्राध्यक्षले मोनाकोको भ्रमण गर्नुभएको यो पहिलो पटक भएको बताउनुभयो। सीले चीन र मोनाकोको दौत्य सम्बन्धको स्थापना भएको बीस वर्षभन्दा बढी समयमा दुई पक्षबीच मैत्रीपूर्ण हुँदै चीन र मोनाकोबीचको सम्बन्ध ठूलो र साना, फरक ऐतिहासिक सँस्कृति, फरक सामाजिक व्यवस्थाका मुलुकहरूको मैत्रीपूर्ण आदान-प्रदानको नमूना बनेको बताउनुभयो।

सीले चीनले मोनाको "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहयोगमा सक्रियताका साथ संलग्न हुन स्वागत गरेको बताउँदै दुई पक्षले वातावरणीय संरक्षणको स्तरलाई उकास्ने कुरामा जोड दिनुभयो।

राजकुमार अल्बर्ट द्वितीयले मोनाको शाही, सरकार र जनताको तर्फबाट सी चिन फिङलाई मोनाकोको ऐतिहासिक भ्रमणमा स्वागत गर्नुभयो। उहाँले जन गणतन्त्र चीनको स्थापना भएको सत्तरीऔं वार्षिकोत्सवका अवसरमा चीनको विकासले प्राप्त गरेको उपलब्धिको बधाइ पनि दिनुभयो। मोनाको र चीनबीचको जनस्तरको आदान-प्रदानलाई अगाडि बढाउने, दुई मुलुकका जनताको मित्रतालाई घनिष्ठ पार्ने आशा लिएको कुरा राजकुमार अल्बर्ट द्वितीयले बताउनुभयो।

जानकारी तथा लेखहरु