फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र फ्रान्सेली राष्ट्रपति बीच भेट-वार्ता

(GMT+08:00) 2019-03-25 16:18:06

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २४ तारिख नीसमा फ्रान्सेली राष्ट्रपति ब्रिगीते म्याक्रोनसँग भेट-वार्ता गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले फ्रान्स जनगणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापित भएको पहिलो ठूलो पश्चिमी मुलुक रहेको बताउँदै चीनसँग रणनीतिक साझेदारी सम्बन्ध स्थापित भइ गैर-सरकारी प्रयोगको लागि आणविक उर्जा सहयोग गर्ने पहिलो मुलुक पनि भएको औँल्याउनुभयो। चालु वर्ष नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव हो र चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापित भएको ५५ औँ वार्षिकोत्सव पनि हो। यो विशेष अवसरमा फ्रान्सको भ्रमण गर्नु निकै अर्थपूर्ण भएको विचार पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

वर्तमान अन्तर्राष्ट्रिय सम्बन्ध तथा आपसी सम्बन्धमा ठूलो परिवर्तन भएतापनि अपरिपर्तित विषय रहिरहेको पुष्टि गर्दै राष्ट्राध्यक्ष सीले यसरी ब्याख्या गर्नुभएको छः चीन-फ्रान्स सम्बन्धमा चीनले दिइरहेको महत्वमा परिवर्तन भएको छैन। शान्ति, विकास, न्याय तथा निष्पक्षप्रति चीन तथा फ्रान्सको साझा अपेक्षा पनि परिवर्तन भएको छैन। चीन-फ्रान्स सहयोग दुवै पक्षको लागि हितकर र साझा बिजयी भएको विशेषता परिवर्तन भएको छैन। निरन्तर चीन-फ्रान्स सम्बन्ध स्वस्थ र स्थिर भएकोले दुवै पक्षको दीर्घकालीन विकास लगायत विश्वको लागि पनि महत्वपूर्ण भएको ठहर पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

दुवै पक्षले विकासको नयाँ क्षेत्र खोज्दै बेट एण्ड रोडको संयुक्त निर्माण तथा तेस्रो पक्षीय सहयोग प्रोजेक्टरको चाँडै कार्यान्वयनका लागि कोशिश गर्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। संयुक्त राष्ट्र संघ मामिला, विश्व व्यापार संगठनको संस्थागत सुधार, जलवायु परिवर्तन लगायतका विषयमा फ्रान्ससँगको रणनीतिक सम्पर्कलाई सबल पार्ने अपेक्षा पनि चीनले लिएको छ। साथै चीनले यूरोपको एकरूपता निर्माणको समर्थन गर्दै चीन-यूरोप सम्बन्धमा फ्रान्सले अझ सकारात्मक भूमिका निर्वाह गर्ने इच्छा पनि लिएको छ।

भेटमा फ्रान्सेली राष्ट्रपति ब्रिगीते म्याक्रोनले बी.आर.आई. अवधारणामा फ्रान्सले महत्व दिइरहेको र महत्वपूर्ण रणनीतिक सहयोगात्मक साझेदार चीनले जलवायु परिवर्तन लगायत अन्तर्राष्ट्रिय मामिलामा निर्वाह गरिरहेको महत्वपूर्ण भूमिका तथा दिइरहेको योगदानको प्रशंसा गरेको जानकारी दिनुभएको छ। चीनसँगको रणनीतिक सम्पर्कको प्रवर्द्धन गर्दै बहुपक्षबादको संयुक्त संरक्षण गर्ने इच्छा फ्रान्सले लिएको पनि राष्ट्रपति म्याक्रोनले बताउनुभएको छ।

मनाकोको राजकीय भ्रमण सम्पन्न भएपछि राष्ट्राध्यक्ष सीले गाडीद्वारा नीस फर्कनु भई फ्रान्सको राजकीय भ्रमण थाल्नुभएको हो।

जानकारी तथा लेखहरु