सन् 2018 जी बीसको ब्यूनस आयर्स शिखर सम्मेलनका अवसरमा आयोजित पत्रकार सम्मेलन ध्यान दिइएको थियो। चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यी, फ्रान्सका विदेश मन्त्री जिएन यभस ले ड्रिन र संयुक्त राष्ट्र संघका महासचिव एन्डोनिओ गुटरेसले संयुक्त रुपमा विभिन्न मुलुकका सञ्चार-माध्यमहरूसमक्ष जलवायु परिवर्तनको संयुक्त रुपमा सामना गर्ने वचन-बद्धता दोहोर्याउनुभएको थियो। यसबाट तीन पक्षले जलवायु परिवर्तनमा महत्व दिएको कुरा प्रतिविम्वित हुनुका साथै चीन र फ्रान्सले जलवायु परिवर्तन क्षेत्रको घनिष्ठ सहयोग प्रदर्शन गरेका थिए।
चीन राष्ट्राध्यक्ष सी चिन फिङले "चीन र फ्रान्स विशेष मित्र हुन्" भन्ने कुरा बताउनुभयो। फ्रान्सबारे चर्चा गर्दै चीनले फ्रान्स नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो पश्चिमी मुलुक रहेको उहाँले बताउनुभयो।
गत शताब्दीको साठीको दशकमा जनरल चार्ल्स डे गाउलेले जन गणतन्त्र चीनसँग चौतर्फी कुटनीतिक सम्बन्ध स्थापना गर्नुभएको थियो। चिनियाँले यसको प्रशंसा गरेका छन्। त्यसैले फ्रान्सप्रति चिनियाँको विशेष भावना छ।
चीन र फ्रान्सबीच प्रान्त, स्वायत्त प्रदेश र शहरबीचमा मैत्रीपूर्ण सम्बन्ध स्थापना हुँदै त्यस्ता निकायको संख्या एक सय दुई जोडी भएको छ। फ्रान्समा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या करीब चालीस हजार पुगेको छ। एक लाखभन्दा बढी फ्रान्सेली विद्यार्थीले चिनियाँ भाषा सिकिरहेका छन्।
हाल विश्वको विभिन्न मुलुकको सामु अभूतपूर्व परिवर्तन देखापरेको छ। यस्तो पृष्ठभूमिमा फ्रान्स र यूरोपेली संघले बाह्य सम्बन्धलाई सामन्जस्यता गर्न अन्वेषण गरेका छन्। चीन र यूरोपेली संघले निरन्तर अगाडि बढाइरहेको अन्तरक्रियाका क्रममा फ्रान्सका केही विद्वानले "बीआरआई"माथि ध्यान दिएका छन्।
विश्वमा चीन र फ्रान्सले प्रभावकारी महत्वपूर्ण मापदण्ड सम्झने र पालना गर्ने मात्र दुई मुलुकको विशेष सम्बन्ध सुदृढ पारिने र विकास गरिने छ।
सन् 2018 मा चीनको सामाजिक उपभोग्य वस्तुको खुद्रा बिक्री रकम 380 खर्ब चिनियाँ युआन पुगेको थियो। चीन विश्वको सबैभन्दा ठूलो उपभोग बजार बनेको थियो। चीन बजारले चीनका व्यापारिक साझेदारी खास गरी फ्रान्सका लागि ठूलो अवसर उपलब्ध गराएको छ। चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षका अघिल्ला दुई महिना चीनले फ्रान्सबाट आयात गरेको मात्रामा 42.2 प्रतिशतले बृद्धि भएको छ।