फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मोनाको "चीन अवधि"मा प्रवेश

(GMT+08:00) 2019-03-25 16:25:05

हिजो मार्च 24 तारिख सी चिन फिङले मोनाको भ्रमण गर्नुभएको छ। चीनका राष्ट्रनायकले यूरोपको दक्षिण-पश्चिमको यो सुन्द मुलुकको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। मोनाकोका सडकहरूको दुई किनारमा चीन र मोनाकाका राष्ट्रिय झ्याल झुण्ट्याइएको छ। मोनाको "चीन अवधि" मा प्रवेश भएको छ।

गत वर्ष सेप्टेम्बरमा मोनाकोका राजकुमार अल्बर्ट द्वित्तीयले चीनको भ्रमण गर्नुभएको समयमा राष्ट्राध्यक्ष सी चिन फिङलाई निमन्त्रणा पठाउनुभएको थियो। राजकुमार अल्बर्ट द्वित्तीयले अन्तर्वार्ता दिँदै राष्ट्राध्यक्ष सीको भ्रमण ठूलो प्रतिष्ठा भएको कुरा बताउनुभयो।

आर्थिक मात्राको भिन्नता ठूलो भएता पनि चीन र मोनाकोको आर्थिक तथा व्यापारिक सहयोगमा निरन्तर रुपमा बृद्धि भएको छ। सन् 2018 को जनवरीदेखि अगष्टसम्म दुई मुलुकको व्यापारिक रकम 12 करोड 50 लाख अमेरिकी डलर पुगेको थियो भने सन् 2017 को सोही अवधिको तुलनामा 876.8 प्रतिशतले बृद्धि भएको थियो।

हाल सी चिन फिङको भ्रमण मोनाकोका सञ्चार-माध्यमको ध्यानाकर्षण बनेको छ। मोनाको सरकारी शाही दरबारको नजिकै प्रेस केन्द्रको स्थापना गरिएको छ। चिनियाँ पत्रकार देखेपछि एक न्यूजस्ट्यान्डका मालिकले खुशी भएर भने, तपाईंलाई थाहा छ? तपाईंका राष्ट्राध्यक्ष सी आज आउनुहुने छ। हाम्रा विभिन्न पत्रिका, अखबारले केही दिनअघि राष्ट्राध्यक्ष सीको मोनाकोको भ्रमणसम्बन्धी जनकारी दिएका छन्। सडकमा चीनका राष्ट्रिय झ्याल फहराइएको छ। यो हालैका वर्षहरूयता मोनाकोले ध्यान दिने ठूलो कुरा हो।

जानकारी तथा लेखहरु