फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी युद्धपोत थाइवान जलडमरू हुँदै गएकोमा चीनको प्रतिक्रिया

(GMT+08:00) 2019-03-25 18:41:10

हालै अमेरिकाका २ वटा युद्धपोत थाइवान जलडमरू हुँदै गएका छन्। यस सम्बन्धमा चीनले अमेरिकासँग औपचारिक सम्पर्क गर्न आग्रह गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्याङले आज मार्च २५ तारिख आयोजित पत्रकार सम्मेलनमा चीन-अमेरिका सम्बन्धमा क्षति नपुर्‍याउन तथा थाइवान जलडमरूको शान्ति र स्थिरताका लागि थाइवान सम्बन्धी विषयको उचित समाधान गर्नुपर्ने जनाउनुभएको छ।

प्रवक्ता कङले अमेरिकाले एक चीन नीति तथा चीन-अमेरिका बीच सम्पन्न तीनवटा संयुक्त विज्ञप्तिको अक्षरशः पालना गर्नुपर्ने दाबी गर्नुभएको छ।

जानकारी तथा लेखहरु