फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्वारा चिनियाँ विकास उच्च स्तरीय मञ्च 2019 सहभागी विदेशी प्रतिनिधिसँग भेटघाट

(GMT+08:00) 2019-03-26 15:04:21

चीनका प्रधानमन्त्री ली ख छ्याङले हिजो मार्च 25 तारिख दिउँसो पैचिङमा चिनियाँ विकास उच्च स्तरीय मञ्च 2019 को वार्षिक सम्मेलनमा सहभागी विदेशी प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको छ। विश्वका पाँच सय शक्तिशाली कम्पनीका जिम्मेवार व्यक्ति, अन्तर्राष्ट्रिय प्रसिद्ध अध्ययन संस्थानका विशेषज्ञ तथा विद्वान, मुख्य अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिलगायतका एक सय जना उक्त वार्षिक सम्मेलनमा सहभागी छन्।

डाइम्लेर एजी कम्पनी बोर्डका अध्यक्ष डाएटर जेटस्छे, ए.बी.एम.का महाप्रबन्धक गिन्नी रोमेटी, बी.एम.डब्लू. समूहका अध्यक्ष हाराल्ड क्रुगेर, पफिजर कम्पनीका प्रथम कार्यकारी अधिकृत अल्बर्ट बउर्ला लगायतका जिम्मेवार व्यक्तिहरूले अभिरुचिका साथ विभिन्न समस्याबारे प्रधानमन्त्री ली ख छ्याङलाई प्रश्न सोध्नुभयो।

प्रधानमन्त्री लीले चीन विश्वका सबैभन्दा ठूलो विकासोन्मुख मुलुक रहेको उल्लेख गर्दै विगत चालीस वर्षमा हासिल भएको उपलब्धिको मुख्य कारण सुधार र खुलापन नीति नै रहेको बताउनुभयो। चीनको खुलापनको ढोका अझै फराकिलो हुँदै जाने कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु