फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ र पेरिसबीचमा मित्रताका हात

(GMT+08:00) 2019-03-26 15:16:59

पाँच वर्षपछि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फेरि फ्रान्सको राजकीय भ्रमण गर्नुभएको छ। स्थानीय समय मार्च 25 तारिख दिउँसो फ्रान्सेली राष्ट्रपति ब्रिगीते म्याक्रोनले आर्च डे ट्राइम्फेको चार्ल्स डे गाउले चोकमा भव्य समारोहको आयोजना गरी राष्ट्राध्यक्ष सी चिन फिङलाई स्वागत गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीको विशेष विमान फ्रान्सको निसबाट पेरिसतर्फ उड्ने क्रममा फ्रान्सेली वायु सेनाका दुई वटा विमानले सीको विशेष विमानलाई रक्षा उपलब्ध गराएका छन्। भ्रमणअघि राष्ट्राध्यक्ष सीले आफू फ्रान्सेली जनतासितको विशेष भावना लिएर फ्रान्स आएको र फ्रान्ससँग दुई मुलुकको सहयोगको नयाँ आशा रोप्ने कुरा बताउनुभयो।

मार्च 24 तारिख राति राष्ट्राध्यक्ष सीको जोडी राष्ट्रपति म्याक्रोनका जोडीद्वारा आयोजित निजी रात्रिभोजमा सहभागी हुनुभयो। दुई मुलुकका राष्ट्रनायकहरू र उहाँकी श्रीमतीहरूले तीन घण्टासम्म कुराकानी गर्नुका साथै रात्रिभोज खानुभयो। मार्च 25 तारिख राष्ट्राध्यक्ष सी र राष्ट्रपति म्याक्रोनले चौध वटा द्विपक्षीय दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रममा साक्षी बस्नुभयो। भेटवार्तामा सीले चीनले भर्खरै "वैदेशिक लगानी कानुन" सार्वजनिक गरेको बताउँदै उच्चस्तरको बाह्य खुलापनको नयाँ बनौटको खडा गर्ने कुरा बताउनुभयो। म्याक्रोनले फ्रान्सले दोस्रो "एक पेटी एक मार्ग" अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च र दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्सपोमा सक्रियताका साथ सहभागी हुने आशा लिएको कुरा बताउनुभयो।

सीले चीनले फ्रान्ससँग मिलेर दीर्घकालीन शान्ति, सामान्य सुरक्षा, साझा समृद्धि, खुलापन, स्वच्छ र सुन्दर संसारको संयुक्त रुपमा निर्माण गर्न ऐतिहासिक योगदान दिने आशा लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु