फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेरिसमा चीन-फ्रान्स विश्व सुशासन मञ्च

(GMT+08:00) 2019-03-26 15:25:06

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फ्रान्सको राजकीय भ्रमण गर्ने क्रममा चीन-फ्रान्स विश्व सुशासन मञ्च मार्च 25 तारिख पेरिसमा शुरु भएको छ।

उक्त मञ्च चीनको राज्य परिषदको प्रेस कार्यालय र फ्रान्सको विदेश मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो। चीन र फ्रान्सका सरकारी विभागका उच्च अधिकारी, विशेषज्ञ तथा विद्वान, प्रसिद्ध उद्योग-व्यवसायीका उच्च अधिकारी, संयुक्त राष्ट्र संघ, युरोपेली संघआदि अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिलगायतका दुई सय जना व्यक्तिले "बेल्ट एण्ड रोड र अन्तर्क्रिया", "बहुपक्षीयतावाद र विश्व सुशासन", "डिजिटल सुशासनको चुनौति र अवसर", "जलवायु परिवर्तन र जैविक विविधता"आदि विषयहरूबारे छलफल गरिरहेका छन्।

चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यी, फ्रान्सका विदेश मन्त्री जेन यभेस ले ड्रिनले उक्त मञ्चको उदघाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।

जानकारी तथा लेखहरु