फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्थतन्त्रको उच्च गुणस्तरीय विकासका लागि चीन अझ खुला

(GMT+08:00) 2019-03-26 16:24:54

चिनियाँ विकास उच्चस्तरीय मञ्च मार्च २५ तारिख पैचिङमा सफलताका साथ सम्पन्न भएको छ। मञ्चमा सहभागी चीनका विभिन्न क्षेत्र सम्बन्धी सरकारी अधिकारीले एउटा स्पष्ट संकेत दिनुभएको छ किः चीनले अडिगताका साथ खुलापनलाई अझ उच्चस्तरियमा पुर्‍याउँदै अर्थतन्त्रको उच्च गुणस्तरीय विकासको कार्यान्वयन गर्ने छ। यस क्रममा विश्वका विभिन्न मुलुकले चीनको ठूलो बजार बाँढ्ने अवसर अझ राम्रोसँग पाउने छन्।

विश्वका अग्र ५०० कम्पनीहरू तथा विविध क्षेत्रमा अग्रसर स्थानमा रहेका उद्यमका लगभग १५० जना प्रबन्धकहरू, विश्वमा प्रसिद्ध विद्वानहरूले यस पटकको चिनियाँ विकास उच्चस्तरीय मञ्चमा भाग लिएका छन्। 'खुलापनको विस्तारमा आपसी सहयोग तथा साझा बिजयीको प्रवर्द्धन' यस पटकको मञ्चको शीर्षक रहेको छ।

केही वर्षयता, चीनले बेल्ट एण्ड रोड निर्माणमा महत्व दिँदै खुलापनको स्तरलाई उकासिरहेको छ। सन् २०१८ को अन्तसम्म, चीन र बीआरआई सम्बद्ध मुलुकहरू बीचको सामान व्यापारमा संलग्न रकम ५० खर्ब अमेरिकी डलर पुगेको छ। चीनबाट बाहरि गएको लगानीबाट स्थानीयहरूको लागि रोजकारी अवसर तथा करको बढावामा थप जिवन्त शक्ति रहेको छ। चीन राष्ट्रिय विकास सुधार समितिका उप-प्रमुख निङ चीचअले बीआरआईको भविष्यबारे चर्चा गर्दै भन्नुभएको छः सम्बद्ध मुलुकसँगको घनिष्ट सहयोगलाई सबल पार्दै चीनले आपसी व्यापारको अनुकूलनलाई उकास्दै जाने छ। अन्तर्राष्ट्रिय, पेशागत र ट्रेडमार्कमा आधारित व्यापार प्रवर्द्धन मञ्च स्थापना गर्दै चीनले दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको राम्रोसँग आयोजना गर्ने छ।

चालु वर्ष सार्वजनिक सरकारी कार्य प्रतिवेदनमा स्पष्टसँग औंल्याइएको छः नियम लगायत अवस्थाको खुपालनमा चीनले महत्व दिँदै जाने छ। यसबारे जानकारी दिँदै चीनका उप वाणिज्य मन्त्री छ्यान खमिङले भन्नुभएको छः भविष्यमा हामीले सेवारत क्षेत्र तथा पश्चिमी भागको खुलापनमा थप ध्यान दिँदै जाने छौँ।

जानकारी तथा लेखहरु