फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको शासन परिपाटीमा चीन र फ्रान्सको साझा अवधारणा

(GMT+08:00) 2019-03-26 18:55:24

संयुक्त राष्ट्र संघको स्थायी सदस्य तथा विश्वका मुख्य आर्थिक एकाइको हैसियतले चीन र फ्रान्सले विश्वको शासन संचालनमा भएको आपसी सहयोगको गहिरो जग र फराकिलो भविष्य रहेको छ जसको आधार नै दुइ मुलुकको समान विचार हो। तीमध्येको एक महत्वपूर्ण भाग भनेको दुवै पक्ष बहुपक्षवादको सक्रिय समर्थक तथा अभ्यासकर्ता हुन्।

जलवायु परिवर्तनको विश्वव्यापी संचालनलाई फ्रान्सले सक्रियताका साथ अघि बढाइरहेको छ भने चीनले यही क्रममा समर्थन दिइरहेको छ। पेरिस सन्धिबाट अमेरिका हटेपछि चीनले आफ्नो आर्थिक विकासको मात्र विचार गरेको भए पेरिस सन्धि निस्प्रभावी बन्ने संभावना थियो।

बहुपक्षबाद तथा जिम्मेवारी पालना गरिरहेका चीन र फ्रान्सले विश्वको शासन तथा संचालनमा धेरै साझा विचार भएकाले एकै दिशातिर अघि बढिरहेका छन्। चिनियाँ राष्ट्राध्यक्ष सीले विश्वसमक्ष प्रस्तुत गर्नुभएको बीआरआईमा हालसम्म विश्वका १५० वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनले भाग लिइसकेका छन्। पेरिसमा राष्ट्राध्यक्ष सीले भन्नुभए जस्तै चीन र फ्रान्सले बीआरआईको निर्माण तथा तेस्रो बजार सम्बन्धी सहयोगलाई अघि बढाउने निर्णय दुवै पक्षले गरेका छन्।

इरानको आणविक समस्याको सम्बन्धमा अमेरिका सम्बद्ध सम्झौताबाट हटेपछि चीन र फ्रान्सले मुख्य सहभागीका रुपमा रूस, जर्मनी तथा बेलायतसँगै सो सम्झौताको अक्षरशः पालना गर्दै जाने वचन दिएका छन्।

विश्वको शासन तथा संचालन क्षेत्रमा चीन-फ्रान्स सम्बन्ध रणनीतिक भएकोले आपसी सहयोग विश्वको परिपाटीको संरक्षणको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको निश्चित छ।

जानकारी तथा लेखहरु