फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वव्यापी सुशासन समस्याको समाधानमा चिनियाँ प्रस्ताव

(GMT+08:00) 2019-03-27 16:08:36

वर्तमान विश्वमा सयौँ वर्षसम्म नदेखिएका परिवर्तनमा देखिँदैछन्। एकातिर नव उदीयमान बजारमूलक मुलुकहरू तथा विकासोन्मुख मुलुकको पुनरूत्थान भइरहेका छ र विश्वको आर्थिक बृद्धिमा दिएको योगदान ८० प्रतिशत पुगेको छ। यसका साथै आर्थिक कूल परिमाण सम्पूर्ण विश्वको लगभग ४० प्रतिशत पुगेको छ। विश्वको बहुध्रुवीकरण दिनप्रतिदिन स्पष्ट बन्दै आएकोछ। साथसाथै विज्ञान प्रविधिको अर्को क्रान्ति तथा औद्योगिक सुधारमा उत्पन्न नयाँ उद्यमी मोडलबाट विश्वको अर्थतन्त्र तथा आर्थिक विश्वव्यापीकरणमा नयाँ जीवन्त शक्ति थपिँदै छ। अर्कातिर, एकपक्षतावाद, संरक्षणवाद चर्को हुँदै गएको बेला, बहुपक्षतावाद तथा बहुपक्षीय व्यापार प्रणालीमा गम्भीर क्षति भइरहेको देखिन्छ। आतंकवाद, शरणार्थी संकट, जलवायु परिवर्तन लगायतका गैर-परम्परागत सुरक्षा धम्कीहरू विस्तार भइरहेका छन्। यसका पृष्ठभूमिमा मानवजातिसामु देखा परेका अस्थिरता तथा अनिश्चितता पनि झन् झन् टड्कारो हुँदै आएका छन्।

विश्वको दोस्रो ठूलो आर्थिक एकाइ तथा सबभन्दा ठूलो विकासोन्मुख मुलुक चीनका नेताले मार्च २६ तारिख पेरिसमा आयोजित चीन-फ्रान्स विश्वव्यापी सुशासन मञ्चको समापन समारोहमा 'झन् राम्रो पृथ्वी घरबारको निर्माणको लागि बुद्धि तथा शक्ति प्रदान' विषयमा मन्तव्य दिनुभयो। उहाँले मानवजातिको सामाजिक विकासको दृष्टिकोणबाट 'न्याय र निष्पक्षताको पालना गर्दै सुशासनको नोक्सान हुने समस्याको समाधान गर्न, संयुक्त परामर्श तथा समझदारीको पालना गर्दै विश्वासको नोक्सान हुने समस्याको समाधान गर्नु, एउटै डुँगामा यात्रा गर्दा हातमा हात मिलाएर शान्तिको नोक्सान हुने समस्याको समाधान गर्न र आपसी हित तथा साझा बिजयी पालना गर्दै विकासको नोक्सान हुने समस्याको समाधान गर्न' विषयक चिनियाँ प्रस्ताव प्रस्तुत गर्नुभयो। सम्बोधनमा राष्ट्राध्यक्ष सीले विश्वव्यापी प्रशासन क्रममा दर्शकको सट्टामा अभ्यासकर्ताको रूपमा मावनजातिको भाग्य तथा भविष्य आफ्नै हातमा राख्नुपर्ने आह्वान पनि गर्नुभयो।

सो चिनियाँ प्रस्तावलाई गहन रुपमा हेर्दा प्रशासनको नोक्सान हुने समस्याको समाधानको महत्वपूर्ण काम भनेको संयुक्त परामर्श, निर्माण तथा शेयरमा आधारित विश्वव्यापी प्रशासन नीतिलाई कायम राख्नु र विश्व मामिला विभिन्न मुलुकका जनताले छलफल गरेर अगाडि बढ्नु हो। विश्वासको नोक्सान हुने समस्याको समाधान गर्दा महत्वपूर्ण काम भनेको मतभेद पन्छाएर समानताको खोजी गर्नु हो र वार्ता तथा सम्पर्क मार्फत आपसी रणनीतिक विश्वासलाई मजबूत पार्नुपर्छ। शान्तिको नोक्सान हुने समस्याको समाधान गर्दा शीतयुद्ध, अर्थहिन प्रतिस्पर्धा र बलियाको जीत प्राकृतिक नियमलाई छोडेर सहयोग तथा दिगो सुरक्षाको नयाँ विचार लिनु हो र विकासको नोक्सान हुने समस्याको समाधानका क्रममा महत्वपूर्ण काम नविन शक्तिको प्रयोग गर्दै आर्थिक विश्वव्यापीकरणलाई अझ स्वस्थ विकास बाटोमा लानु हो।

राष्ट्राध्यक्ष सीको उक्त मन्तव्यबाट समापन समारोहमा सहभागी फ्रान्सेली राष्ट्रपति, यूरोपेली संघ परिषदका अध्यक्ष तथा जर्मन चान्सेलरको समान मान्यता रहेको छ।

हिजोआज मानवजाति फेरि एकपटक चौबाटोमा आइपुगेको छ। सहयोग होस वा द्वन्द्व, बन्द होस वा खुला जेसुकै कुराको छनौट गर्दा यूरोपेली संघले चिनियाँ बुद्धि सम्मिलित प्रस्तावलाई अँगाल्दै सही दिशामा अघि बढिरहेको छ।

जानकारी तथा लेखहरु