|
|
|
|||||||||
|
||

तिब्बतको लिन च शहरीय ज्ञाला गाउँमा बस्ने 36 वार्षीय निमाट्रोची सो क्षेत्रमा नामुद बलशाली हुन्। ढुङ्गा बोकेर दौडने प्रतियोगितामा उनी धेरैपटक उत्कृष्ट भएका छन्।

ढुङ्गा बोकेर हिड्ने, धनुवाण र घोडा सवार प्रतियोगितालगायत तिब्बती परम्परागत खेलकुदमा बलिया निमाट्रोची खुब चासो राख्छन्। हरेक वर्ष लिन चमा आयोजित आरूफूल पर्यटन महोत्सव वा नियाङ पर्यटन संस्कृति तथा कला महोत्सवमा उनले राम्रो उपलब्धि हासिल गर्दै आएका छन्। सन् 2018 मार्चमा लिन चमा आयोजित सोह्रौं आरूफूल पर्यटन महोत्सवमा उनले एकसय केजीको ढुङ्गा बोकेर दुई सय मिटरभन्दा बढी दौडेर पहिलो पुरस्कार जितेका छन्।

सन् 2017 को अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनमा राष्ट्राध्यक्ष सी चिन फिङले ग्रामीण रूत्थान रणनीति प्रस्तुत गर्नुभएको थियो। ज्ञाला गाउँमा घर-आवास, सडक तथा पानी लगायत प्रबन्धको राम्रो सुविधा छ। सन् 2018 मा स्थानीय सरकारले थप एक करोड 20 लाख चिनियाँ युआन लगानी गरेर 'सुन्दर गाउँ' कार्यक्रम निर्माण गरेको छ। यस कार्यक्रमले आफ्नो जीवन झन् राम्रो हुँदै जाने उनले बताए।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||