|
|
|
|||||||||
|
||

तिब्बती ल्हासा शहरीय तुङज्ञा गाउँमा पर्ने तिब्बती गुछ्वान जातीय हस्तकला कम्पनीमा निलो पोशाक लगाउने कर्मचारीहरूले जातीय हस्तकला बनाउँदैछन्। यी 58 जना कर्मचारीहरूमध्ये 48 जना अपाङ्गता भएका व्यक्ति हुन्। तिनीहरूले आफ्नो प्रयासमा हरेक महिना दुई हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म चिनियाँ युआन आम्दानी गर्दछन्।

कम्पनीका जिम्मेवार व्यक्ति तानचङ लोबुकी सानिमा अपाङ्गाता भएका व्यक्ति भएकाले उनले सार्वजनिक कल्याणमाथि ध्यान दिएर तिब्बती नानशान क्षेत्रमा नयाँ स्कूल आवास निर्माण गर्ने, गरिबी विद्यार्थीलाई सहयोग गर्ने, नेपालमा गएको भूकम्पको उद्धारमा भाग लिने आदि गतिविधि गरेकी छन्।

उनको व्यवसायमा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफ्नो श्रमद्वारा राम्रो आम्दानी लिँदै आएका छन्।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||