फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पो आउ एसिया मञ्चबाट चीनले खुलापनको पाइलालाई विस्तार गर्दै

(GMT+08:00) 2019-03-28 18:50:03
एक वर्षअघि चीनको हाई नानको पो आउ एसिया मञ्चमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बजार पहुँचलाई ठूलो परिमाणमा खुकुलो पार्ने, आकर्षण शक्तिको लगानी वातावरण सिर्जना गर्ने, बौद्धिक सम्पदा अधिकारको संरक्षण बढाउने र आयातलाई स्वतःविस्तार गर्ने गरी खुलापनका लागि चार वटा महत्वपूर्ण कदम प्रस्तुत गर्नुभएको थियो। एक वर्षपछि पो आउ एसिया मञ्चको वार्षिक सम्मेलन 2019 मा चीनका प्रधानमन्त्री ली ख छ्याङले खुलापनलाई विस्तार गर्ने शृङ्खलाबद्ध कार्यप्रणाली सार्वजनिक गर्नुभयो। हाई नान, चीनको चालीस वर्षसम्मको खुलापन तथा सुधारको महत्वपूर्ण झ्याल भएकाले चीनको खुलापन ढोका अझै फराकिलो हुने कुरालाई पुष्टि गरेको छ।

एक वर्ष अगाडि राष्ट्राध्यक्ष सी चिन फिङले पो आउ एसिया मञ्चको वार्षिक सम्मेलनमा बाह्य खुलापनको नयाँ चरणका चारवटा महत्वपूर्ण कदम प्रस्तुत गर्दै ती नीतिहरू तुरुन्तै व्यवहारमा उतारिनुपर्ने र ढिलो हुनु नहुने बताउनुभएको थियो।

विगत एकमा चीनको बाह्य खुलापन कदमहरू व्यवहारमा उतारिएको छ। यसबाट चीनले प्रतिबद्धतालाई व्यवहारमा उतारेको र चीनले वस्तुपरक ढङ्गले काम गरेको पुष्टि भएको छ।

एप्पल इंकका प्रथम कार्यकारी अधिकृत तिमोथी डोनाल्ड कुगले भन्नुभए झैं चीनले ढोका खोलेको र हामी चीनको बाह्य खुलापनमध्येको एक भाग भएकोमा कृतज्ञता प्रकट गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु