फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा तिब्बत हिजो र आज फोटो प्रदर्शनी

(GMT+08:00) 2019-03-28 19:23:51

काठमाडौँमा तिब्बत हिजो र आज शीर्षकमा फोटो प्रदर्शनी सुरु भएको छ। आज मार्च २८ तारिखदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित फोटो प्रदर्शनीमा तिब्बतले विगत ६० वर्षमा प्राप्त गरेको विकास र प्रगतिका फोटोहरु राखिएको छ। फोटो प्रदर्शनीको उद्घाटन समारोहलाई नेपालका लागि चिनियाँ राजदूत हौ यान छीले सम्बोधन गर्नु भयो। उहाँले यस पटकको फोटो प्रदर्शनीमार्फत अझ बढी नेपालीहरुलाई वास्तविक रुपमा तिब्बतबारे जानकारी दिने आशा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो 'केन्द्रीय सरकारको ध्यान तथा देशभरिको सहयोगमा विभिन्न जातिका मानिसहरूको संयुक्त प्रयासमा तिब्बतको सामाजिक तथा आर्थिक विकासले फड्को मारेको छ। ६० वर्षअघिको दाँजोमा तिब्बतमा यातायात, उर्जा तथा दूर-संचार लगायतका प्रविधिहरू तथा प्रबन्धहरू द्रुत गतिले विकसित भइरहेका छन्। तिब्बती औषधि तथा चिकित्सा, जातिय कलाको ठूलो विकास पनि भइरहेका छन्। जनताको जीवनस्तर पनि ठूलो परिमाणमा उकासिएको छ।'

1  2  3  
जानकारी तथा लेखहरु