फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसियालका कुरालाई विश्वसामु पुर्‍याउनुपर्ने

(GMT+08:00) 2019-03-29 16:31:06

एसियाली संचारको सहयोग सम्मेलन आज मार्च २९ तारिख चीनको हाइनान प्रान्तको पो आउमा आयोजित भएको छ। एशियालका विभिन्न मुलुकबाट आएको संचार माध्यका पाहुनाहरूले भेला भएर संचार माध्यमको विकासबारे विस्तृत छलफल गरेका छन्। नेपाल टेलिभिजनका नायव महाप्रवन्धक नवराज नेपालीले यो सम्मेलनमा भाग लिन्दै "एक भाग्यको समुदाय अर्थात् एसियाली संचार माध्यको कार्यभार तथा जिम्मेवारी"शीर्षकमा मन्तव्य दिनुभएको छ। उहाँको ठहरमा एसियाका कुराहरू विश्वमा पुर्‍याउनुपर्छ। उहाँले भन्नुभयोः एसियाका जनसंख्या, बजार. आर्थिक क्रियाकलाप र आदानप्रदानका हिसाबले एसिया विश्वको प्रमुख क्षेत्र हो। तसर्थ यसलाई विश्वसामु पर्‍याउनुपर्छ भन्ने कुराको मुख्य छलफल सम्मेलनमा भएको छ।

सो सम्मेलनमा विश्वका विभिन्न मुलुकका पत्रकारहरू पनि सहभागी छन्। नेपालको राष्ट्रिय समार समितिका महेन्द्र सुवेदी पनि सहभागी हुनु भएको छ। कार्यक्रमपछि उहाँले सीआरआई नेपाली सेवालाई प्रतिक्रिया दिँदै भन्नुभयो सम्मेलनमा प्राज्ञिक छलफलले एसिया र सारा विश्वलाई खुलापनले सामाजिक संरचना, सहकार्य एकता र साझेदारीमा महत्वपूर्ण सन्देश दिएको छ। विकसित देशमा मात्र हैन नेपाल जस्तो विकासोन्मुख मुलुका लागि पनि सम्मेलनले उठाएका एजेन्डाहरु निकै काम लाग्नेछन्।

सीआरआई नेपाली सेवाका लागि

सुमेघा

पो आउ

हाइ नान

चीन

जानकारी तथा लेखहरु