फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका व्यापार वार्तामा साझा हितका विषय ध्यान दिनुपर्ने

(GMT+08:00) 2019-03-30 15:06:29

दुई दिनसम्म चलेको आठौँ चीन-अमेरिका आर्थिक व्यापारिक उच्चस्तरीय वार्ता हिजो मार्च २९ तारिख पैचिङम सम्पन्न भएको छ। वार्तामा दुवै पक्षले सम्झौताबारे छलफल गरेर नयाँ प्रगति हासिल गरेका छन्।

हिउँद ऋतुदेखि बसन्त ऋतुसम्म चल्दै आएको यो वार्तामा हासिल गरिएका हरेक प्रगति निकै कठिन रूपमा प्राप्त भएका हुन्। वार्ता कठिन भएको कारण नै एकातिर शासन-व्यवस्था, संस्कृति तथा विकास चरणमा धेरै भिन्नता भएकाले सम्पर्क गर्दा मतभेद पन्छाएर समानतालाई अँगाल्नुपर्छ। अर्कोतिर, चीन-अमेरिका व्यापारिक समस्या किनमेल सम्बन्ध मात्र नभएर यो सम्बन्ध निकै जटिल रहेकाले वार्ता गर्दा निकै कठिन अवस्था सिर्जना हुन्छ। तैपनि दुवै पक्षको अथक प्रयासमा वस्तुगत प्रगति हासिल भएको छ। चीन-अमेरिका तनावपूर्ण व्यापारिक सम्बन्ध लचिलो नभएकाले हालै आर्थिक सहयोग तथा विकास मञ्चले अनुमान गरेको सम्पूर्ण विश्वको आर्थिक बृद्धि दर ३.५ देखि ३.३ प्रतिशतसम्म घटेको छ।

एक-अर्कामाथि भन्सार कर असुल्ने कार्यबाट चीन-अमेरिका दुवै पक्ष लगायत सम्पूर्ण विश्वको अर्थतन्त्रमा पुगेको क्षति पनि स्पष्ट बन्दै गएको छ र दुवै मुलुकका राष्ट्रानायक बीच सम्पन्न मतैक्यको कार्यन्वयनको ठूलो आवश्यकता छ। अहिले यो वार्ता निर्णायक चरणमा प्रवेश भइसकेको छ। यो चरणमा दुवै पक्षको साझा हितको विस्तारमा केन्द्रित हुनुपर्छ। अमेरिकाले ध्यान दिएको बौद्धिक सम्पत्ति सर्वाधिकारको संरक्षण, बजारमा प्रवेश मापदण्ड तथा लागू भएको अवस्था हुन् र ती विषयहरू चीनमा गहन पारिएको सुधार तथा खुलापनको विस्तारसँग दिशानिर्देश भएर चीनमा कार्यान्वयन गर्न सकिने छ।

अर्को हप्ता, चीन-अमेरिका नवौँ व्यापार वार्ता वासिङ्टनमा आयोजना हुनेछ। दुवै पक्ष ठूलो साहस, बुद्धि र विश्वासका साथ दुवै राष्ट्रनायक बीच सम्पन्न मतैक्यको कार्यान्वयनमा एउटै दिशातिर अघि बढ्नुपर्छ।

चीनले सकारात्मक प्रयासमार्फत आपसी हितयुक्त साझा जित हुने सम्झौता गराउन कोशिश गर्दै जानेछ। व्यापारिक द्वन्द्व चर्कँदै गएको सन् २०१८ मा चीनले विदेशमा गरेको प्रत्यक्ष लगानी १ खर्ब ३० अर्ब अमेरिकी डलर पुगेकोछ र विश्वको अग्र स्थानमा रहेको छ। सोही अवधिमा चीनमा आएको विदेशी लगानी १ खर्ब ३४ अर्ब ९७ करोड अमेरिकी डलर पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले बढेको हो। यस्ता उपलब्धिहरू हासिल गरेर चीनले आफ्नो काम राम्रोसँग गर्नु नै उतारचढावको पार लगाउनु हो भन्ने समझदारी बनाएको छ।

जानकारी तथा लेखहरु