फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको दक्षिण तराई भेगमा भीषण हावाहुरीका कारण ठूलो हताहति तथा क्षति

(GMT+08:00) 2019-04-01 13:55:49

आइतबार राती बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। सोमबार मध्यान्हसम्म मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी प्राप्त भएको छ।

यसैबीच, सोमबार बिहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतक परिवारलाई जनही तीन लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले नै व्योहर्ने जानकारी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दिनुभयो। प्रदेश सरकारले पीडितको गाँसबासका लागि तत्काल व्यवस्था गर्ने र पछि पुनर्वासको व्यवस्था गर्ने घोषणा पनि गरेको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचारका लागि आउने र जाने क्रम जारी छ। उ

गोरखापत्रका अनुसार बारा जिल्लाको कलैया नगरपालिका वडा नं. १८ को भरवरिया गाउँका २३५ घरमध्ये जम्मा ५ घरको मात्रै घरको छाना बाँकी रहेको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले देश शोकमा डुबेका बेला आँधी हुरी प्रभावितको राहत तथा उद्दारमा जुट्न आह्वान गर्नुभएको छ। दुई दिनको कार्यक्रम तय गरेर गृहजिल्ला झापा पुगेका ओली सबै कार्यक्रम रद्द गर्दै घटनास्थल जानुभएको छ। यस्तै पूर्वप्रधानमन्त्रीहरू र दलका नेताहरूले पनि विपदको घडीमा सहयोग तथा राहत बाँड्न अनुरोध गरेका छन्।

जानकारी तथा लेखहरु