फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा मेट्रो रेल निर्माणका लागि प्रस्ताव

(GMT+08:00) 2019-04-01 13:57:42

काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण लागि प्रस्ताव आएको छ। शुक्रबार र शनिबार भएको लगानी सम्मेलनमा काठमाडौं उपत्यकाको ७७ दशमलब २८ किमी दुरीमा सहरी मेट्रो रेल निर्माणका लागि प्रस्ताव आएको अनलाइनखबरले लेखेको छ। बुट मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएको काठमाडौं मेट्रो रेल परियोजनाका लागि ३ खर्ब ३१ अर्ब ९२ करोडको प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ।

लगानी बोर्डले यो परियोजनाका लागि ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लगानी प्रक्षेपण गरेको थियो । बोर्डले यसअघि सन् २०१७ मै यो परियोजना प्रस्ताव गरेको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति नै बनाएर अध्ययन गर्न निर्देशन दिइएको थियो। तर, अपेक्षितरुपमा काम अघि बढ्न सकेन।

यसैबीच लगानी बोर्डले तयार पारेको परियोजना अध्ययन प्रतिवेदनअनुसार काठमाडौं मेट्रो रेलको रेल्वे लाइन दुई रुट भूमिगत (अण्डर ग्राउण्ड) र बाँकी तीनमा जमीनमाथि नै हुनेछ। प्रत्येक स्टेशनमा यात्रुको सहजताका लागि रेल आउने जाने समयतालिका र अन्य जानकारी दिनेगरी 'रियलटाइम इन्फरमेसन डिस्प्ले' राखिनेछन् । यो मेट्रो रेल दुईतर्फी हुनेछ। यो रेल्वे २० घण्टा सञ्लान गर्ने योजना छ। काठमाडौं मेट्रो रेल सञ्चालनमा आएपछि दैनिक एक लाख १९ हजार जना बढी यात्रु ओहोर दोहोर गर्ने प्रक्षेपण गरिएको छ। सञ्चालन भएपछि सन् २०४९ सम्म बढेर यात्रुको चाप बढेर १ लाख ७९ हजारसम्म पुग्ने अनुमान छ।

जानकारी तथा लेखहरु