फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि अभियान सुरु

(GMT+08:00) 2019-04-01 13:59:37

नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि नयाँ अभियान सुरु भएको छ। पर्यटकीय सम्भावना बोकेका दुई मुलुकबीच पर्यटक आदानप्रदान गरेर अर्थतन्त्रमा टेवा पु-याउने ध्येयले सरकारी तथा निजी क्षेत्रको सक्रियतामा यो अभियान सुरु गरिएको हो। फेमिलीराइजेसन ट्रिप (परिचित यात्रा) नामको अभियान अन्तरगत पर्यटकीय गन्तव्यको चिनारी गराउने र सहयोग आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रममा सहभागी हुन नेपाली टोली इन्डोनेसिया सरकारको निमन्त्रणामा त्यहाँ पुगेको छ। इन्डोनेसियाको पर्यटन मन्त्रालयको सहयोग र इन्डोनेसियन नेपाली टोलीले इन्डोनेसियाका विभिन्न पर्यटकीय स्थल अवलोकन भ्रमण गरी त्यहाँका पर्यटकीय गन्तव्यको बारेमा जानकारी लिएका छन्। इन्डोनेसियाको बालीमा क्रियाशील पर्यटन व्यवसायीको सस्था जिडी टुर्स र नेपालका पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा दुई देशका पर्यटकीय सम्भावना, अवसर, पर्यटकीय गन्तव्यका बारेमा छलफल भएको थियो। उक्त कार्यक्रममा पर्यटनको विकासमा आ—आफ्नो क्षेत्रबाट सघाउने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रममा इन्डोनेसियन दूतावास ढाकाका तृतीय सचिव मुर्नी न्यारिष्टीले इन्डोनेसियाको पर्यटन विकासमा टेवा पुयाउन नेपाली अधिकारीलाई भ्रमण कार्यक्रमको आयोजना गरेको बताउनुभयो। दूतावासको सूचना, संकृति तथा पर्यटन विभागकी प्रमुखसमेत रहेकी मुर्नीले इन्डोनेसियामा बाली मात्र नभएर अन्य पर्यटकीय गन्तव्य रहेको जानकारी दिएको नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु