फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रमसम्बन्धी समस्याका लागि नेपाल सरकारद्वारा सहायता कक्ष सञ्चालन

(GMT+08:00) 2019-04-01 14:01:56

सरकारले वैदेशिक रोजगारसहित श्रम सम्बन्धी सबै गुनासो सुन्न सोमबारबाट सहायता कक्ष (कल सेन्टर) सञ्चालनमा ल्याउँदैछ। यसअघि स्थापना भएका हेल्प डेस्क प्रभावकारी नभएपछि सिंहदरबारभित्रै आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा आउन लागेको हो।

सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै कामका लागि विदशिने र विदेशिन चाहने नोपाली समस्याको सुनुवाई गर्न डेस्क स्थापना भएको हो। यो सहायता कक्षमा फोनबाट मात्रै नभएर फेसबुक, भाइबर, इमो, ह्वाट्सएप लगायतबाट पनि उजुरी दर्ता गर्न सकिने अनलाइनखबरले जनाएको छ।

वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा, वैदेशिक रोजगार बोर्ड लगायत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा एवम् कार्यक्रमहरू जानकारी लिन, सुझाव दिन वा गुनासो गर्न यसको प्रयोग गर्न सकिने छ।

सिधै फोन वा इमेल, भाइवर, इमो, मेसेन्जर आदि सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गर्ने सकिने गरी मन्त्रालयमा कल सेन्टरको व्यवस्था गरिएको हो। ११४१ नम्बरमा डायल गरी जोकसैले कल सेन्टरको उपयोग गर्न सक्नेछन्। प्रयोगकताहरूका लागि यो नम्बरमा डायल गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ भने एनसेल प्रयोगकर्ताहरूलाइ समेत निशुल्क हुने गरी व्यवस्था गरिँदैछ। विदशेमा रहेका कामदारले +९७७१५९७०००८ नम्बरको भाइवर, इमो, मेसेन्जरमा सम्पर्क गर्न सक्नेछन्। श्रम मन्त्री गोकर्ण बिष्टले प्रभावकारी रुपमा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने भएकाले भवनमै सहयोग केन्द्र राख्न लागेको बताउनुभयो।

जानकारी तथा लेखहरु