फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा फेन्टायल किसिमको औषधीको चौतर्फी व्यवस्थापन

(GMT+08:00) 2019-04-01 19:32:19

चिनियाँ सार्वजनिक सुरक्षा मन्त्रालय,चिनियाँ राष्ट्रिय स्वास्थ्य समिति तथा चिनियाँ राष्ट्रिय औषधीको अनुगमन समितिले आज अप्रिल १ तारिख संयुक्त रुपमा सार्वजनिक गरेको वक्तव्य अनुसार,आगामी मेमा फेन्टायल किसिमको पदार्थलाई "गैर-चिकित्सक बेहोश गर्ने औषधी तथा मानसिक औषधी सम्बन्धी सूची"मा राखिने छ। जसबाट चीनले फेन्टायल किसिमको औषधीको चौतर्फी रुपमा व्यवस्थापन गर्ने बुझिन्छ।

यताका केही वर्षदेखि अमेरिका तथा क्यानाडा लगायत मुलुकहरुमा फेन्टायल पदार्थ र अरु किसिमको पदार्थ जोडेर बनाएको नयाँ खालको लागू पदार्थ देखिन्छ। फेन्टायलको दुरुपयोगबाट मर्नेहरुको सँख्या पनि बढ्दै आएको छ। तथापि अमेरिकाले फेन्टायलको उत्पतिलाई लिएर चीनमाथि दोषारोपण गरेको छ। चीनले यस भनाईको खण्डन गरेको छ।

चिनियाँ राष्ट्रिय लागू पदार्थको निषेध समितिका उप-प्रमुख ,सार्वजनिक सुरक्षा मन्त्रालयका आतंकवाद प्रतिरोध विशेष अधिकृत लिउ य्वे चिनले चीन सरकारले उत्तरदायी मुलुकको रुपमा विश्वमा लागू पदार्थको निषेध सम्बन्धी जिम्मेवारी निष्ठापूर्वक गरी फेन्टायल औषधीको व्यवस्थापन सम्बन्धी समस्याको समाधान गर्न अमेरिका लगायत अन्तर्राष्ट्रिय समूदायसँगै मिलेर प्रयास गर्ने इच्छा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु