फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका १२ वटा हिमाल आरोहणका लागि २३ वटा आरोही समूहलाई अनुमति

(GMT+08:00) 2019-04-02 15:34:31

देशको विभिन्न १२ वटा हिमाल आरोहणका लागि २३ समूहका १७७ जनाले अनुमति पाएका छन्। पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका अनुमति लिएका छन्। सोमबारसम्म सगरमाथा आरोहणका लागि आठ समूहले अनुमति लिइसकेका छन्। उक्त समूहमा एक नेपालीसहित ७३ जना विदेशी नागरिक रहेका छन्। सन् २०१८ को यही सिजनमा सगरमाथा आरोहणका लागि ३४ समूह आएका थिए।

आठ हजार ५१६ मिटर उचाइको तोत्से हिमाल आरोहणका लागि दुई समूहका ११ जना जना र नुप्त्से र आमादब्बलम हिमाल आरोहणका लागि १/१ समूहका २० जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार सोमबारसम्म सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि १२ जना र ६ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि आठ जनाले अनुमति लिएका छन्।

यसैबीच विभिन्न हिमाल अरोहणका लागि अनुमित लिएका आरोहीबाट नौ करोड ८४ लाख २६ हजार ८२७ रुपैयाँ राजश्व संकलन भएको छ।

सगरमाथा आरोहणको राजस्व ऋतुअनुसार फरकफरक हुन्छ। विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर तिर्नु पर्दछ। शरद ऋतुमा पाँच हजार ५०० र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर तिर्नु पर्दछ । यस्तै, नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मीयाममा १८ हजार २५० रुपैयाँ तिर्नुपर्ने कानुनी व्यवस्था रहेको थाहाखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु