फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खानी उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

(GMT+08:00) 2019-04-02 15:36:48

अर्थमन्त्री डा. युवराज खतिवडाले बहुमूल्य धातु जन्य खानी उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। उहाँले हालै सम्पन्न भएको लगानी सम्मेलनमा नेपालका खानीको उत्खननमा लगानी गर्न विदेशीहरुले इच्छा व्यक्त गरेकाले महत्वपूर्ण धातुहरुको उत्खननमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको छैठौं बार्षिक साधरणसभालाई सोमबार मणिग्राममा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकार विदेशीहरुलाई खानी उत्खननमा लगानी दिन इच्छुक नरहेको स्पष्ट पार्नुभयो। नेपालमा सुनको तयारी गहनाको निर्यात गर्नमा समेत व्यवसायीहरुले ध्यान दिनुपर्ने बताउँदै उहाँले नेपालमा व्यवसायीहरुले सुनको दैनिक आयात कम भएको गुनासो गर्दै आएकाले यसबारे सरकारले पुनर्विचार गर्ने बताउनुभयो।

उहाँले सुनचाँदी व्यवसायीहरुलाई लगानी सम्मेलनमा रहेका योजनामा सहकार्य गरेर आफ्नो व्यवसायमाथि उकास्नतर्फ लाग्न समेत आग्रह गर्नुभयो। अर्थमन्त्री खतिवडाले औद्योगिक प्रशासनमा अन्यौलता रहेको बताउनुभयो। उहाँले औद्योगिक व्यवसाय ऐन संशोधन गर्न खोजेको तर यो संशोधन हुन नसकेकाले समस्या देखिएको बताउनुभयो।

ठूला व्यवसायलाई लगानी बोर्डमार्फत एकद्धार प्रणाली लागू गर्न लागिएको अर्थमन्त्री खतिवडाको भनाई रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु