फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढी नाका हुँदै १५ करोड मूल्य बराबरको वनजन्य सामग्री चीनतर्फ निर्यात

(GMT+08:00) 2019-04-02 15:42:52
रसुवागढी नाका हुँदै १५ करोड मूल्य बराबरको वनजन्य सामग्री चीनतर्फ निर्यात भएको छ।

चालु आर्थिक वर्षको ८ महिनामा १५ करोड २१ लाख ९९ हजार १ सय मूल्य बराबरको कृषि तथा वनजन्य सामग्री निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय टिमुरेले जनाएको छ।

यो नाका हुँदै सबैभन्दा बढी ह्याण्डी क्राफ्ट निर्यात भएको छ। १० करोड ९४ लाख ६८ हजार ५ सय मूल्य बराबरको ९ हजार ५ सय १९ केजी किलो ह्याण्डी क्राफ्ट चीन निर्यात भएको हो।

दोस्रोमा बाँसको मुडा जाने गरेको छ। साउनदेखि फागुन मसान्तसम्ममा ६७ लाख ७१ हजार ५ सय मूल्य बराबरको २७ हजार ८६ वटा मुडा गएको छ। अम्रिसोको कुचो, काठको क्यारझुल, ह्याण्डी क्राफ्ट, काठका विविध सामग्री, बाँसको नाङ्लो, बुद्ध चित्त माला र रुद्राक्ष निर्यात हुने गरेको उज्यालो अनलाइनले जनाएको छ।

आर्थिक वर्ष २०७२/७३ मा २ करोड ७३ लाख ६७ हजार, २०७३/७४ मा ३ करोड ४४ लाख ८६ हजार र २०७४/७५ मा २ करोड ९७ लाख ९० हजार रुपयाँ मूल्य बराबरको सामग्री निर्यात भएको थियो।

जानकारी तथा लेखहरु