फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा आजदेखि बाईसौं शताब्दीको नेपाल परिकल्पना गर्न बैठक

(GMT+08:00) 2019-04-03 13:44:26

बाईसौं शताब्दीको नेपाल परिकल्पना गर्न भन्दै काठमाडौंमा आजदेखि राष्ट्रिय विकास परिषद्को बैठक डाकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकका सहभागी सरकारी अधिकारी, विषयविज्ञ र सरोकारवालाहरूले प्रस्तावित २५ वर्षे दीर्घकालीन सोचसहितको छैठौं पञ्चवर्षीय योजना (१५ औं योजना) माथि विस्तृत छलफल गर्नेछन्।

परिषद् बैठकले परिमार्जन र कार्यान्वयनका लागि विशेष निर्देशन दिएपछि मात्र सरकारले नयाँ योजना स्वीकृत गर्नेछ। राष्ट्रिय योजना आयोगले बैठकमा ३५० जनालाई सहभागी गराउन लागेको छ। यीनै सहभागीमाझ आयोगले यसअघि नै तयार गरिसकेको 'दीर्घकालिन सोचसहितको १५औं योजना (आ.व. २०७६÷७७–२०८०÷८१)' छलफलका लागि पेश गर्दैछ।

योजनालाई मूर्तरूप दिन विभिन्न ६ वटा विषयगत क्षेत्रमाथि छुट्टाछुट्टै छलफल गरिने आयोगका प्रवक्ता डा. किरण रूपाखेतीले जानकारी दिनुभयो। सोल्टी होटलमा आयोजना गर्न लागिएको परिषद्को बैठकमा आगामी योजनाका विभिन्न ६ वटा विषयगत क्षेत्रमाथि छुट्टाछुट्टै छलफल हुनेछ। उपप्रधानमन्त्री, मन्त्रीहरू, प्रमुख प्रतिपक्ष दलका नेता, प्रदेश सरकारका मुख्यमन्त्रीहरू, संघीय संसदका विषयगत समितिका सभापतिहरू, निजी क्षेत्र तथा विज्ञहरू योजनामाथिको छलफलमा जुट्नेछन्।

कारोबार अनलाइनका अनुसार राष्ट्रिय योजना आयोगले तर्जुमा गर्ने दीर्घकालीन वा आवधिक विकास नीति र योजनामाथि छलफल गरी मार्गदर्शन दिने संयन्त्र नै राष्ट्रिय विकास परिषद् हो। नेपाल सरकारका प्रधानमन्त्री परिषद्को अध्यक्ष रहन्छन भने आयोगका उपाध्यक्ष परिषद्को पनि उपाध्यक्ष रहन्छन्।

जानकारी तथा लेखहरु