फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यसपटक मार्च–अप्रिलमा विदेशी पर्यटकको नेपाल आगमन कम हुने

(GMT+08:00) 2019-04-03 13:45:57

नेपालमा मार्च–अप्रिललाई पर्यटन व्यवसायीले मुख्य सिजन ठान्छन्। अघिल्ला वर्ष यतिबेला पोखराका होटलको अकुपेन्सी बढेर करिब ८० प्रतिशत हाराहारी थियो। तर, यो पटक अकुपेन्सी खस्केर ४० प्रतिशत हाराहारीमा झरेको व्यवसायीले बताएका छन्। पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीका अनुसार यो वर्ष मासिक तथ्यांक हेर्दा आगमनमा वृद्धि देखिएपनि व्यवसायीले वृद्धिको अनुभव गर्न पाएका छैनन्

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार ५० प्रतिशत अकुपेन्सी भयो भने मात्र सञ्चालन खर्च थेग्छ। तर, यतिबेला बढीमा करिब ४० प्रतिशत होटलको सञ्चालन खर्च नै नपुगेको नागरिकन्यूज डटकमले लेखेको छ।

व्यवसायीका अनुसार भूकम्पपछि खस्किएको पर्यटन आगमन सिजनमा निकै उकासिएको पनि थियो। आगमन बढ्दा भूकम्पको मारलाई व्यवसायीले बिर्सेका थिए। सिजनको आगमनले अफसिजनको खर्च धान्दै आएका व्यवसायी यो पटक आगमन खस्किँदा अफसिजनको खर्च व्यवस्थापन कसरी गर्ने भन्ने तनावमा छन्। पोखरामा मात्र नभइ अर्को पर्यटकीय सहर चितवनको सौराहाका होटलको अवस्था पनि सुखद नरहेको होटल संचालले बताएका छन्।

भारतमा हुन थालेको निर्वाचन, हिमपातले नेपालका साहसिक पर्यटकीय पदमार्ग अवरुद्ध हुनु, होटलको संख्या बढ्दा पाहुना बाँडिनु, लगायतले नेपाल आउने पर्यटक कमी भएको व्यवसायीले बताएका छन्। 'भारत–पाकिस्तानको तनावले पनि सिजनको मुखमा पर्यटक नेपाल आउन डराए,' पराजुलीको ठहर छ। लामो समयसम्म पदयात्रामा जान नपाउने अवस्था रहेपछि पदयात्रा पर्यटक नेपाल आउनै नखोजेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु