फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशबाट फर्किएका नेपाली कामदारको सीप परीक्षण गरिने

(GMT+08:00) 2019-04-03 13:50:09

सरकारले पहिलोपटक वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीप परीक्षण गर्ने भएको छ । आगामी वैशाख ३ देखि ७ गतेसम्म यसअघि आवेदन दिइसकेका कामदारको सीप परीक्षण गर्ने तालिका तय भएको छ। सरकारले गत मंसिरमै सीप परीक्षणका लागि इच्छुक कामदारसँग आवेदन मागेको थियो । जसमा झण्डै ५ सय कामदारले आवेदन दिएका थिए।

विदेशमा विभिन्न काम गरी सीप आर्जन गरेर फर्किएकाहरुको सीप परीक्षण गरेर स्वदेशमा प्रमाणपत्र दिन लागिएको वैदेशिक रोजगार व्यवस्थापन बोर्डले जनाएको छ। यो परीक्षण पास भएर प्रमाणपत्र पाएपछि कामदारले स्वदेशमा रोजगारी पाउन सहज हुने र विदेश नै गएपनि राम्रो कमाइ गर्न सक्ने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताउनुभयो।

बोर्डले राष्ट्रिय सिप विकास समितिमार्फत निःशुल्क यो परीक्षण गराउादैछ । चैत २० गते प्रदेश नम्बर १ मा इटहरीको पाथिभरा हिमालय पोलिटेक्निक इन्स्टिच्यूटमा सीप परीक्षण गर्ने कामदारलाई सहजीकरणका लागि अभिमुखीकरण आयोजना गरिएको छ।

प्रदेश नम्बर २ मा चैत २२ गते महोत्तरीको बर्दिवासमा रहेको सैलुङ होटल एण्ड रेस्टुरेन्टमा कार्यक्रम हुनेछ । चैत २२ मै प्रदेश नम्बर ३ मा चितवनको नारायणी पोलिटेक्निक इन्स्टिच्यूट, कर्णाली प्रदेशको सुर्खेतस्थित घरेलु तथा साना उद्योगको कार्यालय, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको धनगढीमा रहेको धनगढी कलेज अफ इन्फरमेसन टेक्नोलोजीमा पनि अधिमुखीकरण हुनेछ। भक्तपुरको सानोठिमीस्थित प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा चैत २६ गते पनि यस्तै कार्यक्रम सञ्चालन हुने अनलाइनखबरले जनाएको छ।

जानकारी तथा लेखहरु