फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्पनीद्वारा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्य शुरू

(GMT+08:00) 2019-04-03 15:13:09

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नतिको काम बुधबारबाट औपचारिक रुपमा सुरू भएको छ। नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यले धेरै ध्यानाकर्षण गराइएको छ।

आजको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूतावासका वाणिज्य काउन्सिलर चाङ फानले मर्मतकार्यमा खटिएका चिनियाँ कम्पनीका कर्मचारीहरूलाई तोकिएको समयभित्र राम्रोसँग काम गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गत यस कार्य सम्पन्न गर्नु निकै चुनौतीपूर्ण छ। तथापि समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न सहयोग चीनले सक्दो सहयोग गर्नेछ।'

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले स्तरोन्नतिको महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, 'धावनमार्ग पुननिर्माण कार्य गर्न तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका सात १ अप्रिलदेखि काम शुरू गरिएको छ। राती १० बजेदेखि विहान ८ बजेसम्म उडान अवतरणको काम रोकिएको छ। नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिसकेको र त्यसको तयारीका लागि मर्मतसंभारको कार्यक्रम संचालन गरी पर्टयकहरूलाई हवाई सुरक्षाको प्रत्याभूति दिन लागिएको छ।'

थाहा भए अनुसार यस मर्मत तथा विस्तार कार्य तीन महिनाभित्र पूरा हुनेछ।

जानकारी तथा लेखहरु