फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको तराईका जिल्लाको हावाहुरीका कारण भारतबाट आउने विजुली अवरूद्ध

(GMT+08:00) 2019-04-03 16:15:35

आइतबार राति बारा र पर्सामा आएको हावाहुरीका कारण भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध भएको छ । प्रसारणलाइनमा नै क्षति पुगेपछि ७० मेगावाट विजुलीको आयात रोकिएको अनलाइनखबरले जनाएको छ। ३३ केभीका वीरगञ्ज-रक्सौल प्रसारण लाइन र १३२ केभी क्षमताको रक्सौल-पुरवानीपुर प्रसारणलाइनमा क्षति पुगेर ७० मेगावाट विजुली आयात अवरुद्ध भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताउनुभयो।

प्राधिकरणले भारतबाट हुने विजुली आपूर्ति रोकिएपनि आन्तरिक रुपमा कुलेखानी लगायतका आयोजनाबाट उत्पादन बढाएर माग पूर्ति गरिरहेको छ। हावाहुरीका कारण अवरुद्ध लाइनहरु मर्मत गर्दै प्राधिकरणले वीरगञ्ज, कैलया र सिमाराको बजार क्षेत्रमा विजुली आपूर्ति सुचारु गरिसकेको छ।ग्रामीण भेगमा पनि मर्मतको काम गर्दै विजुली आपूर्ति सुचारु गर्न काम सुरु भएको छ । प्राधिकरणले हाल बारा पर्सामा रौतहटको सबस्टेशनबाट आपूर्तिको व्यवस्था मिलाएको छ ।

परवानीपुर-वीरगंज ६६ केभी डबल सर्किट लाइनमा एउटा चार्ज भइसकेको छ भने अर्को सर्किटको मर्मत भैरहेको छ। कलैयास्थित प्राधिकरणको सवस्टेसनबाट आइतबार बेलुका नै चन्द्रनिगाहपुर सव-स्टेसनबाट चार्ज गरी बजार क्षेत्रमा भने विद्युत आपूर्ति सुचारु गराइएको थियो।हुरीबसातका कारण विद्युतीय पोल र प्रसारणलाइनमा क्षति पुग्दा झण्डै १५ करोडको नोक्सानी भएको छ। हावाहुरीका कारण ठाउा ठाउामा पोल ढलेको र प्रसारणलाइन समेत क्षतिग्रस्त भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।कलैया वितरण केन्द्र अन्तर्गतको विद्युत प्रणालीमा मात्र करिब १००० देखि १५०० विद्युत पोलहरु लडेका छन् र विद्युत तारहरु विभिन्न स्थानमा चुँडिएका छन्।

जानकारी तथा लेखहरु