फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको छिङहाई प्रान्तको यु शु प्रिफेक्चरद्वारा नेपालका एउटा स्कूलका विद्यार्थीलाई झोला वितरण

(GMT+08:00) 2019-04-03 17:03:35

चीनको छिङहाई प्रान्तको यु शु तिब्बत स्वायत्त प्रिफेक्चरको स्थानीय सरकार तथा स्थानीय रेडक्रस सोसाइटीको सहयोगमा निर्माण गरिएको काठमाडौंको श्री जनकल्याण सेकेन्डरी स्कूलको शुभारम्भ कार्यक्रम आज आयोजित भयो।

जनराजनीतिक परामर्शदात्री सम्मेलन यु शु समितिका सम्बन्धित प्रमुख र नेपालका लागि चिनियाँ राजदूतावासका पदाधिकारीहरू सो कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।

नेपालको नयाँ वर्ष नजिकिँदै गरेको सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूतावासद्वारा आयोजना गरिएको कार्यक्रममा नेपालस्थित चाइना फाउन्डेसनको कार्यक्रमले पनि यस स्कूलमा पढ्ने विद्यार्थीहरूलाई जम्मा ५ सय वटा स्कूलब्याग प्रदान गरेको छ।

नेपालमा जस्तै यु शु क्षेत्रमा पनि ठूलो भूकम्प गएको थियो। त्यहाँका चिनियाँ जनताले आफ्नो घरको पुनःनिर्माण गर्नुका साथै प्रकोपग्रस्त नेपाली साथीहरूलाई चाहिं चीन र नेपाल बीचको मित्रताको एउटा नयाँ प्रतीक भएको देखिन्छ।

जानकारी तथा लेखहरु