फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उद्योगको स्तरीय वृद्धिका लागि विभिन्न मुलुकद्वारा प्रयास

(GMT+08:00) 2019-04-03 17:08:59

नयाँ खालको पदार्थबाट बनाइएको गाडीको हलुका सीट,एआईबाट समर्थित "बौद्धिक कारखाना"को मोडल,पाँच जीको औद्योगिक प्रस्ताव……यस सातामा जर्मनीमा आयोजित हाननोभर उद्योग एक्सपोमा सहभागी भएका विभिन्न मुलुकका व्यवसायीबाट औद्योगिक क्रान्तिको अवसर गुमाउनु हुँदैन, विश्वका मुलुकहरुले सुहाउँदो नीतिको तर्जुमा गर्नुपर्ने स्पष्ट संकेत चुहिएको छ।

हाननोभर उद्योग एक्स्पो विश्वको सबैभन्दा भव्य वार्षिक औद्योगिक एक्स्पो हो। जुन विश्वको औद्योगिक प्रविधिको विकासको प्रवाह मानिन्छ। सन् २०११को हाननोभर उद्योग एक्स्पोमा जर्मनीले "औद्योगिक ४.०"सम्बन्धी नयाँ अवधारणा प्रस्तुत गर्‍यो। जसले जर्मनीको आर्थिक विकासमा नयाँ प्रेरक शक्ति दिएको छ।

औद्योगिक आविश्कार सम्बन्धी सबैभन्दा ठूलो चौतारोको रुपमा चालू वर्षको एक्स्पोमा संलग्न भएका व्यवसायीहरुमध्ये करिब साठी प्रतिशत विदेशी व्यवसायी छन्। चीनका करिब १३०० वटा व्यवसायी सहभागी भएका छन् र चिनियाँ व्यवसायीहरुको परिमाण जर्मन व्यवसायीभन्दा दोस्रो स्थानमा रहेको छ।

जानकारी तथा लेखहरु