फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

५ वर्षभित्रमा गरिबी १३ प्रतिशतमा झार्ने नेपालको लक्ष्य

(GMT+08:00) 2019-04-04 13:29:02

नेपाल सरकारले १५ औं योजनाको अन्त्यसम्म गरिबी १३ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। १७ प्रतिशत गरिबीलाई आव ०८०÷८१ सम्म चार प्रतिशतले घटाएर १३ प्रतिशतमा सीमित गर्ने गरी योजनाको खाका तयार पारिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले जानकारी गराउनुभयो।

१४ औ योजनको सुरुमा नेपालमा गरिवीको रेखामुनि रहेको जनसख्या २१.६ प्रतिशत थियो भने गत आर्थिक वर्ष यस्तो गरिबी १८.७ प्रतिशतमा झरेको थियो। गत आर्थिक वर्षमा बहुआयामिक गरिबीमा रहेको जनसंख्या २८.६ प्रतिशत थियो। १५ औं योजनाको अन्त्यसम्म १४ यस्तो गरिबीको संख्या १४ प्रतिशतमा सीमित गर्ने सरकारी लक्ष्य छ। सरकारले यो अवधिमा गरिबी न्यूनीकरणका लागि ठोस कदम चाल्ने राष्ट्रिय विकास परिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो।

१५ औं योजनाको अन्त्यसम्म नेपालको आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुग्ने १५ औं योजनाको आधारपत्रमा उल्लेख गरिएको छ। यो वृद्धिदर भनेको औद्योगिक राष्ट्रको स्तरको उच्च वृद्धिदर रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

प्रतिव्यक्ति आय गत आवको १२ हजार एक सय अमेरिकी डलरबाट बढेर १५ औं योजनाको अन्त्यसम्म एक हजार ६ सय डलर पूगनै अनुमान गरिएको छ। यो अवधिमा १५ वर्षमाथिका साक्षरता दर ९० प्रतिशत र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहने प्रम ओलीले बताउनुभयो। हामी नेपालीहरूको सुरक्षा, सुरक्षित भविष्य र सुख चाहन्छौं। यसो गरिरँदा मानवजाती र सुखी र सुरक्षित बनाउन त्यसको ख्याल राख्छौं,' ओलीले भन्नुभयो, 'दीर्घकालीन सोचका लक्ष्यहरू यहि आधारमा तय पारिएका छन्।'

जानकारी तथा लेखहरु