फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा नौ दिने महोत्सव हुँदै

(GMT+08:00) 2019-04-04 13:32:11

धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा यही चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म 'चन्द्रागिरि महोत्सव' हुने भएको छ। चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सहआयोजनामा उक्त महोत्सवमा हुने भएको हो।

'चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ, भन्ने मूल नाराका साथ दोस्रोपटक उक्त महोत्सव हुन लागेको हो।

महोत्सव चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा हुनेछ। पर्यटकीय स्थल चन्द्रागिरिलाई स्थानीय कला, संस्कृति, प्राकृतिक स्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र अझन् चिरपरिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको नगरपालिका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो।

नौ दिनसम्म चल्ने उक्त महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलनगायतका १०० बढी कक्ष रहने महोत्सवका संयोजक रामनारायण घिमिरेले बताउनुभयो। महोत्सवमा स्थानीय स्तरका झाँकी प्रदर्शन समेत गरिनेछ।

जानकारी तथा लेखहरु