फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२५ वर्षभित्र नेपालीहरुको प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पुग्ने

(GMT+08:00) 2019-04-04 13:34:43

२५ वर्षभित्र नेपालीहरुको प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पुग्ने भएको छ।हाल नेपालीको वार्षिक प्रतिव्यक्ति आय औसतमा १ हजार ४ डलर रहेकोमा पाँच बर्षपछि १ हजार ५ सय ८३ डलर हुँदै २५ बर्षभित्र १२ हजार डलर भन्दा बढी पुर्याउने योजना बनाइएको हो। राष्ट्रिय योजना आयोगले दीर्घकालिन सोचसहित तयार पारेको प्रतिव्यक्ति आय बृद्धिको योजनाले प्रतिव्यक्ति आय गुणात्मक रुपले बढ्ने देखाएको नेपालखबरले जनाएको छ।

विकास परिषद्को दुई दिने बैठकमा आयोगले पेश गरेको १५ औँ पञ्चवर्षीय योजनाको आधार पत्रमा लगानी बढाएर प्रतिव्यक्ति आय बढाउने लक्ष्य राखिएको छ। २५ वर्षको अवधिमा नेपाललाई विश्वकै उच्च आर्थिक आय भएको मुलुक बनाउने उल्लेख त्यसमा गरिएको छ। आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले पेश गरेको आधारपत्रमा ५ वर्ष अवधिमा ९ प्रतिशतको आर्थिक बृद्धिदर र २५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हुने उल्लेख छ।

आगामी ५ वर्षको अवधिमा विभिन्न आयोजनामा ९७ खर्ब ७७ अर्ब लगानी गर्ने र सो अनुरुप प्रतिव्यक्ति आय बृद्धि हुने जनाइएको छ। उपरोक्त लगानीमध्ये ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ सरकारले आफै लगानी गर्नेछ। त्यो लगानी कूल लगानीकोे ३७.६ प्रतिशत हुन्छ। र, सो भन्दा बाहेर विदेशी र निजी क्षेत्र तथा सहकारीबाट आउने देखाइएको छ। निजी क्षेत्रले ५६ खर्ब ८३ अर्ब ८८ करोड लगानी गर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ, जुन कूल लगानीको ५८.१ प्रतिशत हुनेछ। त्यस्तै, सहकारी क्षेत्रबाट ४ खर्ब १९ अर्ब ३१ करोड अर्थात् ४.३ प्रतिशत लगानी हुने आयोगले प्रक्षेपण गरेको छ।

जानकारी तथा लेखहरु