फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाले मिलेर ठूलो मुलुकको जिम्मा लिनुपर्छ

(GMT+08:00) 2019-04-04 13:35:23

अप्रिल एक तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सिनेटका प्रतिनिधिमण्डलसँग भेटघाट गर्दा ठूला मुलुकबीचको स्थिर सम्बन्ध विश्व रणनीतिक स्थिरताको आधार हो भन्दै ठूला मुलुकका काँधमा विशेष जिम्मेवारी रहेको बताउनुभएको थियो। उहाँले चीन-अमेरिका सम्बन्ध समस्त विश्वको सबैभन्दा महत्वपूर्ण दौत्य सम्बन्धमध्येको एक हो भन्दै अमेरिका र चीनले एकै दिशातिर गएर मतभेदको नियन्त्रण गरी सहयोगलाई विस्तृत गर्ने अनि समन्वय, सहयोग, स्थिरताको आधारमा रहेको चीन-अमेरिका सम्बन्धको संयुक्त रुपमा विकास गरी विश्वलाई अरु स्थिरता र भविष्य प्रदान गर्ने आशा चीनले लिएको व्यक्त गर्नुभयो। यो नै विश्वसमक्ष सय वर्षसम्म नदेखिएको ठूलो परिवर्तन भएको स्थितिमा सी चिन फिङले चीन-अमेरिका सम्बन्धबारे गर्नुभएको नवीनतम छलफल हो।

प्रणाली, सँस्कृति, राष्ट्रिय अवस्था, विकास क्रम फरक भएकोले चीन र अमेरिकाबीच मतभेद हुनु सामान्य अवस्था हो। त्यसै कारणले राष्ट्राध्यक्ष सी चिन फिङले सहयोग नै चीन र अमेरिकाको लागि सबभन्दा उचित छनौट भएको दोहोर्‍याउनुभयो। वास्तवमा यो नै ठूलो परिवर्तनको सामना गर्न दुई देशले वहन गर्नुपर्ने जिम्मेवारी पनि हो।

विश्वको सबभन्दा ठूलो विकासोन्मुख मुलुकको रुपमा रहेको चीनमा अझै एक करोड छयसट्ठी लाख जनता गरिबी अवस्थामा छन् तर चीनले आफूले लिनुपर्ने अन्तर्राष्ट्रिय जिम्मेवारी छोडेको छैन। त्यसैले विश्वका सबभन्दा ठूला विकसित मुलुकको रुपमा रहेको अमेरिकाले ठूला मुलुकको जिम्मा अझै लिनुपर्छ। हाल चीन-अमेरिका नवौँ चरणको आर्थिक तथा व्यापारिक शीर्ष परामर्श बैठक वासिङ्टनमा हुँदैछ। मतभेदको नियन्त्रण, विस्तृत सहयोग, विश्व विश्वासको उत्साह नै चीन-अमेरिका परामर्शमा देखाइनुपर्ने रुप हो।

जानकारी तथा लेखहरु