फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि गर्ने एसियाली विकास बैंकको अनुमान

(GMT+08:00) 2019-04-05 13:19:58

नेपालले दुई वर्ष लगातार ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि गर्ने एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ । नेपालको अर्थतन्त्र स्थिरतातर्फ उन्मुख रहेको जनाउँदै आर्थिक वर्ष २०७५/७६ मा ६.२ प्रतिशत र २०७६/७७ मा ६.३ प्रतिशतले अर्थतन्त्र वृद्धि हुने एडीबीले जनाएको हो । एडीबीले पछिल्लो प्रतिवेदन म्याक्रोइकोनोमिक अपडेट जारी गर्दै उक्त प्रक्षेपण गरेको हो । भूकम्पपछिको पुनर्निर्माण र प्रदेश एवं स्थानीय सरकारलाई ठूलो परिमाणमा बजेट विनियोजनले अर्थिक वृद्धिमा सहयोग पुगेको एडीबी नेपालका लागि आवासीय निर्देशक मुख्तोर खामुद्खानोभ बताउनुभयो ।

सरकारले यस वर्ष करिब ८ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यसभन्दा १.८ प्रतिशत विन्दु कमले आर्थिक वृद्धि हुने एडीबीको अनुमन हो।

आर्थिक वर्ष २०७४/७५ मा कृषि क्षेत्रको वृद्धि दर २.८ प्रतिशत थियो भने २०७५/७६ मा ४.५ प्रतिशत पुग्ने एडीबीको अडकल छ । मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्ने अनुमान गरिएको छ । सुदृढ विद्युत् आपूर्ति र लगानीको वातावरण सुधारका प्रयत्नका कारण आर्थिक वर्ष २०७५/७६ मा औद्योगिक क्षेत्रको वृद्धिदर ७.१ प्रतिशतले हुने जनाइएको छ । थोक तथा खुद्रा व्यापार, होटल र रेस्टुरेन्ट तथा वित्तीय सेवा क्षेत्रमा ६.४ प्रतिशतले वृद्धि हुने एडीबीको अनुमान छ।

एडीबीका अनुसार उच्च आयात र कर प्रणालीमा सुधारका आधारमा राजस्व संकलन बढेको छ । सबल राजस्व वृद्धिका कारण आव २०७५/७६ को पहिलो ६ महिनामा बजेट बचतमा रहेको उल्लेख गरेको छ । बढ्दो व्यापार तथा चालु खाता घाटासँगै नेपालले बाह्यक्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नुपरेको एडीबीको ठहर रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु