फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाले संयुक्त रुपमा "विश्व उत्तरदायित्व वहन"गर्नसक्ने विश्वको अपेक्षा

(GMT+08:00) 2019-04-06 15:04:36

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार अप्रिल ४ तारिख ह्वाइट हाउसमा वाशिन्टनमा भइरहेको नवौं चरणको चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्चस्तरीय परामर्शमा सहभागी हुनुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्य, राज्य परिषदका उप-प्रधानमन्त्री, चीन-अमेरिका चौतर्फी आर्थिक वार्ता सम्बन्धी चिनियाँ प्रमुख लिउ हसँग भेट-वार्ता गर्नुभयो। यस अवसरमा ट्रम्पले दुई पक्षको आर्थिक तथा व्यापारिक समूहबीच चाँडै नै एउटा सर्वतोमुखी तथा ऐतिहासिक सम्झौता सम्पन्न हुनसक्ने आशा आफूले गरेको भन्दै यसबाट अमेरिका तथा चीन दुई मुलुकका लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि पनि हितकर हुनसक्ने अपेक्षा गर्नुभयो।

वास्तवमा वर्तमान विश्वका सामु ठूलो परिवर्तन हुँदै आएको परिस्थितिमा चीन र अमेरिकाले संयुक्त रुपमा "विश्वका तीन वटा उत्तरदायित्व वहन"गर्नसक्ने अपेक्षा विश्वले गरेको छ।

सर्वप्रथम दुई मुलुकले विकासको उत्तरदायित्व वहन गर्नुपर्छ। चीन र अमेरिका आपसी हित तथा संयुक्त विजयमूलक व्यापारिक सम्झौता सम्पन्न भएमा तिनीहरुले विश्वको विकासका लागि योगदान पुर्‍याउने छन्।

दोस्रो, दुई मुलुकले शान्तिको उत्तरदायित्व वहन गर्नुपर्छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका स्थायी सदस्य मुलुकको रुपमा चीन र अमेरिकाले विश्वलाई अरु स्थिर पार्ने जिम्मेवारी वहन गर्नुपर्छ।

र तेस्रो, दुई मुलुकले शासनको उत्तरदायित्व वहन गर्नुपर्छ। चीन र अमेरिकाले बहुपक्षीय व्यापारको व्यवस्थाको संरक्षण गर्नुपर्छ र विकासोन्मुख मुलुकहरुको हितको प्रत्याभूति दिनुपर्छ।

जानकारी तथा लेखहरु