फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ मुद्रा ब्लुमर्ग बार्क्ले विश्वव्यापी एग्रिगेटमा सूचीकृत

(GMT+08:00) 2019-04-08 16:13:41

चिनियाँ मुद्रा आरएमबीमा नामकरण गरिएको राष्ट्रिय ऋण र बैंकको ऋणपत्र ब्लुमर्ग बार्क्ले विश्वव्यापी एग्रिगेट सूचीमा राखिएको छ। यसरी सूचिनमा राख्ने कार्य अप्रिलमा सुरु भएको हो। यस कार्यबाट चीनलाई राम्रो सफलता प्राप्त भएको छ। चीनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रथम प्रतिनिधि अलफ्रेड छिपकेले यस कार्यबाट चीनले विश्व मौद्रिक प्रणालीमा महत्वपूर्ण प्रगति हासिल गरेको बताउनुभयो।

ब्लुमर्ग बार्क्ले विश्वव्यापी एग्रिगेट सूची विश्वमा तीन वटा ठूला ऋणपत्र सूचकांकहरुमध्येको एक हो। चीनको ऋणपत्र यो सूचकांकमा राखेपछि अझ बढीले चीनको ऋणपत्रमा लगानी गर्ने सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय पूँजीले चीनको मौद्रिक बजारलाई विश्वास गरेको पुष्टि भएको छ।

सर्वप्रथम, आरएमबी अन्तरराष्ट्रिय बजारमा स्थिर रुपमा बढिइरहेको छ। यस पटक 364 वटा चिनि‌याँ राष्ट्रिय ऋण ब्लुमर्ग बार्क्ले विश्वव्यापी एग्रिगेट सूचीमा राखिएको छ।

दोस्रो, चीनको ऋणपत्र बजारको प्रणाली र नाफा विश्वमा धेरै राम्रो छ। सन् 2019 को फ्रेब्रुअरीको अन्तसम्म चीन विश्वमा तेस्रो ठूलो ऋणपत्र बजार बनेको छ। चीनको दश वर्षको ऋण पत्रको नाफा अमेरिका, जर्मनी र जापानको तुलनामा उच्च रहेको छ।

झन् महत्वपूर्ण कुरा, चीनको मौद्रिक बजारमा वैदेशिक खुलापनको नयाँ नीति निरन्तर प्रस्तुत गरिरहेको छ। वैदेशिक लगानीकर्ताका लागि झन् बढी अधिक निश्चित र अपेक्षित लाभ यसले प्रदान गर्ने छ। चीनको ऋण पत्रको अझ खुलापनबाट विश्व पूँजीको विविधता र विश्व आर्थिक स्वस्थ रुपमा विकास हुने ठानिएको छ।

जानकारी तथा लेखहरु